back
CTIZAN AD

कविता : निमन्त्रणा पर्यटकलाई

वि.सं.२०७९ मंसिर २४ शनिवार

1.7K 

shares

ओमकुमारी बन्जारा रानाभाट, काठमाडौं

हजुरहरू नेपालमा घुम्न आउनु होला
प्रकृतिकी सुन्दर परी नेपाल पाउनु होला
पशुपति दर्शन गरौँ आशिष् दिनुहुन्छ
आइपर्ने दुःख कष्ट सारा विलीन हुन्छ ।

भक्तपुरमा हेर्न मिल्छ कलाकौशल राम्रो
साँस्कृतिक सम्पदाको भण्डार नेपाल हाम्रो
मनकामना दर्शन गरौँ केवुलकार चढी
हेटौँडामा घुमौँला है मकवानपुर गढी ।

पोखराको बजार घुम्न टुरिष्ट बसमा जाउँला
पोखरेली चामलको मीठो भात खाउँला
तालवाराही दर्शन गर्न डुङ्गा चढी जान्छौँ
धूप अक्षता नरिवल पूजा गर्न लान्छौँ ।

जोमसोमदेखि मुक्तिनाथ घोडा चढी जाऊँ है
फर्किँदा त मीठो बतास खाँदै खाँदै आऊँ है
पाल्पा जाम्ला मिनी बसमा भजन कीर्तन गर्दै
हृदयको बगैँचामा मायाप्रीति छर्दै ।

राराताल घुम्नुपर्छ तातो लुगा लाऊँला
सगरमाथा शिखरमा चढ्न सँगै जाऊँला
हिमाल पहाड तराईमा नेपाली छ भाषा
नेपाली छन् सबै साथी सहयोगी खासा ।

वि.सं.२०७९ मंसिर २४ शनिवार ०८:४४ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...