सेन्ट हेलियर । शनिबार जर्सीको च्यानल टापुको एक अपार्टमेन्ट भवनमा विस्फोट हुँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने एक दर्जन बेपत्ता भएका छन् ।
सीएनएनले उक्त टापुका मुख्यमन्त्री क्रिस्टिना मूरलाई उद्धृत गर्दै घटना बारे जनाकारी गराएको हो ।
स्थानीय समयअनुसार बिहान ०४ बजे मात्रै घटनाबारे स्थानीय प्रहरीलाई खबर गरिएको थियो ।
राज्यका जर्सी प्रहरीका प्रमुख अधिकारी रोबिन स्मिथले घटनाबारे प्रहरीलाई खबर गरेपछि आपतकालीन सेवाले घटनास्थलमा पुगेर उद्धारकार्य अगाडि बढाएको जानकारी दिए । उक्त तीन तले भवन “पूर्णरूपमा भत्किएको” र वरपरको दृष्य हृदयविदारक देखिएको थियो ।
बेपत्ताको खोजी र उद्धारकार्य तीव्र बनाइएको स्मिथले बताएका छन् । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।(रासस–एएनआई)
वि.सं.२०७९ मंसिर २५ आइतवार १९:५३ मा प्रकाशित





























