back
CTIZAN AD

डब्ल्युएचओद्वारा युगान्डालाई ११ लाख बढी अमेरिकी डलरको स्वास्थ्य सहयोग

वि.सं.२०७९ मंसिर २५ आइतवार

789 

shares

कम्पाला । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले युगान्डाका खडेरी र खाद्य असुरक्षाको सामना गरिरहेका जिल्लामा प्रयोग गर्ने गरी ११ लाख अमेरिकी डलरभन्दा बढीको स्वास्थ्य सामग्री प्रदान गरेको छ ।

शुक्रबार सोबारे ट्वीट गर्दै सङ्गठनले उक्त सामग्रीको आपूर्तिले कारामोजा, लांगो, टेसो क्षेत्रका २० जिल्लामा खडेरी र खाद्य असुरक्षाको स्वास्थ्य प्रभावलाई सम्बोधन गर्न सहयोग गर्ने जनाएको छ ।

“यो सहयोगले स्वास्थ्य सुविधा र सामुदायिकस्तरमा औलो, मातृ, नवजात, बाल स्वास्थ्य, पोषण, क्षयरोग र एचआईभी लगायतका अत्यावश्यक स्वास्थ्य सेवाको निरन्तरता सुनिश्चित गर्ने लक्ष्य राखेको छ,” डब्लुएचओ कार्यालयका घटना प्रबन्धक चार्ल्स न्जुगुनाले उल्लेख गरेका छन् ।

स्वास्थ्य मन्त्री रुथ एसेङ्गले देशले सामना गरिरहेको इबोला प्रकोप बाहेक युगान्डाको जीवनलाई खतरामा पार्ने अन्य स्वास्थ्य आपतकाल पनि रहेको बताइन् । एसेङले डब्ल्यूएचओको सहयोगले प्रभाव विरुद्धको लडाइलाई बलियो बनाउन मद्दत गर्ने बताएका छन् । (रासस–सिन्ह्वा)

वि.सं.२०७९ मंसिर २५ आइतवार १९:५५ मा प्रकाशित

भारतमा पेट्रोल-डिजेल महँगियो

भारतमा पेट्रोल-डिजेल महँगियो

नयाँदिल्ली । मध्यपूर्वमा जारी युद्ध र हर्मुज जलघाँटीमा उत्पन्न अवरोधका...

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

न्यूयोर्क । अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामी नजिक शनिबार भएको डुङ्गा...

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

वासिङ्टन । संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...