back
CTIZAN AD

बाढीले जिप बगाउँदा फिलिपिन्समा आठ जनाको मृत्यु, एक घाइते

वि.सं.२०७९ मंसिर २५ आइतवार

753 

shares

मनिला । फिलिपिन्सको रिजाल प्रान्तमा शनिबार राति आएको बाढीले यात्रु जिप बगाउँदा पाँच वर्षीया बालिकासहित आठ यात्रुको मृत्यु भएको प्रहरीले आइतबार जनाएको छ ।

तनय शहर प्रहरीका गस्तीकर्मी जेसन बेनिटेजले सिन्ह्वालाई बताएअनुसार दुर्घटना राति ९ बजेअघि भएको थियो । स्थानीय समयअनुसार शनिबार २५ जना यात्रु बोकेको जीपनी उत्तरबाट गाउँतर्फ जाँदै गरेको र खोला तर्ने क्रममा थियो ।

तनय नगरपालिका प्रकोप न्यूनीकरण व्यवस्थापन कार्यालयका प्रमुख नोर्बर्टो फ्रान्सिस्को माटिएन्जोले बाढीले बगाउँदा जीप नदीको बीचमा फसेको बताएका छन् । दुर्घटनामा परी ज्यान गुमाउने सात जना ६० वर्ष नाघेको र एक जना घाइते भएको उनले बताए ।

लामो समतल यात्री जीपनी फिलिपिन्समा सार्वजनिक यातायातको सबैभन्दा लोकप्रिय माध्यम हो । यी प्रतिष्ठित गाडी दोस्रो विश्वयुद्धदेखि फिलिपिन्सको सडकमा गुडिरहेका छन् । (रासस–सिन्ह्वा)

वि.सं.२०७९ मंसिर २५ आइतवार २०:०० मा प्रकाशित

भारतमा पेट्रोल-डिजेल महँगियो

भारतमा पेट्रोल-डिजेल महँगियो

नयाँदिल्ली । मध्यपूर्वमा जारी युद्ध र हर्मुज जलघाँटीमा उत्पन्न अवरोधका...

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

न्यूयोर्क । अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामी नजिक शनिबार भएको डुङ्गा...

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

वासिङ्टन । संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...