back
CTIZAN AD

नासाले किन सार्वजनिक गर्‍याे पुरानो तस्बिर ?

वि.सं.२०७९ मंसिर २६ सोमवार

894 

shares

काठमाडाैं । अमेरिकी अन्तरिक्ष निकाय (नासा)ले प्रायः बारम्बार अन्तरिक्षका तस्बिर र भिडियो सार्वजनिक गर्छ । हालै उसले शनि ग्रहको आकर्षक तस्बिर सार्वजनिक गरेको छ, जसलाई लिएर इन्टरनेट प्रयोगकर्तामा चासो बढेको छ । नासाले क्यासिनी अन्तरिक्ष यानले खिचेको एउटा पुरानो तस्बिर सेयर गरेको छ जसमा शनिलाई गोलाकार रिङको रूपमा देखाइएको छ ।

‘सौर्यमण्डलको रत्नसमेत भनिने शनि ग्रह मात्र होइन, यसका रिङहरू हाम्रो सौर्य प्रणालीका सबैभन्दा जटिल र उत्कृष्ट छन्’, नासाले तस्बिरको वणर्न गर्दै लेखेको छ । तस्बिर पोस्ट गरेपछि धेरै मानिसको ध्यान केन्द्रित भएको छ ।

Stunning Saturn – Amazing photo shared by NASA | Amazing planet Saturn -  time.news - Time News

अर्का एक व्यक्तिले नासाको पोस्टबारे लेखेका छन् ‘ सुन्दर तस्विर ।’ त्यस्तै अर्का लेख्छन ‘कस्तो उत्कृष्ट ब्रह्माण्डीय तस्बिर ’ । ‘अन्तरिक्ष एकदमै आकर्षक’, एक प्रयोगकर्ताले भनेका छन् । कतिपयले तस्बिरमा विश्वास गरेका छैनन् ।

उक्त तस्बिर सन् २०१२ मा क्यासिनी अन्तरिक्ष यानद्वारा खिचिएको थियो । नासाका अनुसार क्यामेराहरू शनि र सूर्यतिर घुमाइएको थियो, जसका कारण ग्रह र रिङ टल्किएका छन् । इन्फ्रारेड, रातो र बैजनी स्पेक्ट्रल फिल्टर प्रयोग गरी तस्बिर खिचिएको नासाले जनाएको छ ।

नासाको हबल स्पेस टेलिस्कोपले खिचेको ब्रह्माण्डका हजारौं चम्किलो तारा रहेको ‘ग्लोबुलर क्लस्टर’को तस्बिर पनि सार्वजनिक गरेको छ । एजेन्सीबाट

वि.सं.२०७९ मंसिर २६ सोमवार १२:०६ मा प्रकाशित

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका...

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

मुग्लिन –चितवन । तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले...

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौँ । धितो लिलामीको विषयलाई लिएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका...

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र...