back
CTIZAN AD

मर्जर प्रस्ताव पारित गर्दै एनसीसी बैंकको विशेष साधारणसभा सम्पन्न

वि.सं.२०७९ मंसिर २६ सोमवार

681 

shares

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ ।

बैंकको सञ्चालक समितिका अध्यक्ष उपेन्द्रकेशरी न्यौपानेको अध्यक्षतामा आइतबार अनमोल व्याङ्क्वेट, शंखमुल काठमाडौंमा विशेष साधारण सभा सम्पन्न भएको हो ।

उक्त साधारण सभाले एनसीसी बैंक लिमिटेड र कुमारी बैंक लिमिटेड एक आपसमा गाभीने (मर्ज) सम्बन्धमा समितिबाट प्रस्तुत प्रतिवेदन पारित गरेको छ । साथै, बिशेष प्रस्ताव अन्तर्गत नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड र कुमारी बैंक लिमिटेड एक आपसमा गाभिने प्रयोजनका लागि सम्पत्ति, दायित्व तथा कारोबारको मूल्याङ्कनकर्ताबाट प्राप्त चल/अचल सम्पत्ति तथा कारोबारको मुल्याङ्कन प्रतिवेदनको आधारमा निर्धारण गरी प्रस्ताव गरिएको शेयर स्वाप अनुपात १ः१ पारित गरेको छ ।

एक आपसमा गाभिने प्रयोजनका लागि भएको मर्जर सम्बन्धी समझदारी पत्र संयुक्त मर्जर समिति गठन, दुवै संस्थाको सम्पत्ति तथा दायित्व मूल्याङ् गर्न सञ्चालक समितिबाट गरिएको लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिकका सम्बन्धमा भएको निर्णय अुनमोदन गरेको बैंकले जनाएको छ ।

एक आपसमा गाभिने सम्वन्धमा नेपाल राष्ट्र बैंक र अन्य निकायहरुबाट कुनै निर्देशन प्राप्त भएमा सो निर्देशनको कार्यान्वयन गर्न तथा मर्जर सम्बन्धमा गर्नुपर्ने बाँकी सम्पूर्ण कार्यहरु गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत साधारण सभाले अनुमोदन गरेको छ ।

नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड हाल ७ वटै प्रदेशमा १५६ शाखा, १५ एक्टेन्सन काउण्टर र १४४ एटिएम मार्फत आफ्ना ग्राहकहरुलाई गुणस्तरिय सेवा प्रदान गर्दै आएको जनाएको छ ।

 

वि.सं.२०७९ मंसिर २६ सोमवार १२:३३ मा प्रकाशित

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका...

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

मुग्लिन –चितवन । तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले...

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौँ । धितो लिलामीको विषयलाई लिएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका...

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र...