
नबिल बैंकले जोरपाटी शाखा का.म.पा. वडा नं. ६ पिपलबोट बौद्धमा रहेको आधुनिक व्यावसायिक भवनमा चैत्र २० मा स्थानान्तरण गरेको छ । बैंकका अध्यक्ष शम्भुप्रसाद पौड्यालले बैंकका संचालक तथा अन्य कर्मचारीहरुको उपस्थितिमा शाखाको भवन उद्घाटन गर्नुभएको थियो ।
नबिल बैंकले स्थानान्तरित शाखाबाट ग्राहक महानुभावहरुलाई बैंकिङ्ग सेवा तथा सुविधाहरु अझ सहज र सरल रुपमा उपलब्ध गराउने उद्देश्य राखेको छ । बैंकको उक्त शाखामा पर्याप्त पार्किङ्गको सुविधा रहेको छ । बैंकको सो शाखाबाट ग्राहक महानुभावहरुले सम्पूर्ण बैंकिङ्ग सुबिधाहरु प्राप्त गर्न सक्नु हुनेछ । नबिल बैंकले अनवरत रुपमा आफ्ना सेवा तथा सुबिधाहरु समाजका विभिन्न क्षेत्र र तप्काका बढि भन्दा बढि ग्राहकहरुलाई उपलब्ध गराउने उद्देश्य अनुरुप देशका विभिन्न क्षेत्रका आफ्नो शाखा कार्यालयहरुको सजांल बढाउदै लगिरहेको छ ।
बैंकले ५२ वटा शाखाहरुको बृहत सञ्जाल, ९५ वटा एटिएमहरुको विशाल संरचना र १,५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरुका साथमा देशव्यापी रुपमा र विश्वभर धेरै एजेन्टहरु मार्फत् सेवा प्रदान गरेर आफ्नो सरोकारवालाहरु संगै अघि बढ्ने विश्वास राखेको छ ।