back
CTIZAN AD

दलकाे नेतामा देउवाको प्रतिस्पर्धी शेखर कि गगन ?

वि.सं.२०७९ पुस ४ सोमवार

951 

shares

काठमाडाैं । कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकले दलको नेता चयनका लागि सहमहामन्त्री भीष्मराज आङ्दम्बे संयोजक र केन्द्रीय सदस्यहरू पुष्पा भुसाल तथा प्रकाश रसाइली स्नेही सदस्य रहेको निर्वाचन समिति गठन गरेको छ । दलको नेताको चुनाव मंगलबार गर्ने कि बुधबार भन्नेमा सोमबार बिहान तय हुने समितिले जनाएको छ ।

संसदीय दल नेताका लागि संस्थापन पक्षबाट शेरबहादुर देउवा एक्ला उम्मेदवार छन् । उनलाई चुनौती दिने घोषणा धेरै समयअघि नै महामन्त्री गगन थापाले गरिसकेका छन् । थापालाई संसदीय दल नेतामा अघि सार्दा शक्ति विकेन्द्रित हुने ठानेर नेता शेखर कोइरालाले पनि उम्मेदवारी दिने मनस्थिति बनाएका छन् । पार्टीको १४ औं महाधिवेशनमा सभापतिका प्रत्याशी रहेका कोइरालाको प्यानलबाटै थापाले लोकप्रिय मतका साथ महामन्त्री जितेका थिए ।

‘एकै पटक, यसै पटक’ भन्ने नारा दिएर गत वर्ष महाधिवेशनमा सभापति उठेका कोइरालाले त्यसपछि नेतृत्वमा युवालाई साथ दिने बताएका थिए । थापाको तयारी अघि बढिराख्दा मौन रहेका कोइरालाले पछिल्लो पटक एकाएक उम्मेदवार दिने मनस्थिति बनाएका हुन् । ‘कोइरालालाई उम्मेदवार नबनाउँदा आफ्नो प्रभाव घट्ने र गगनलाई नेता मान्नुपर्ने भन्दै संस्थापन इतरपक्षकै केही नेताको दबाबमा कोइराला उम्मेदवार बन्न खोजेका हुन्,’ संस्थापन इतरपक्षीय एक नेताले भने, ‘जतिसुकै नेतृत्व बदल्ने नारा दिए पनि सत्तास्वार्थका लागि देउवालाई सहयोग पुर्‍याउन खोजिएको छ ।’

केन्द्रीय सदस्य सञ्जय गौतमले संस्थापनइतर पक्षबाट एउटै उम्मेदवार बनाउने प्रयत्न जारी रहेको बताए । ‘दुइटा उम्मेदवार बन्दा पार्टीभित्र हाम्रो पोजिसन अझै कमजोर हुन्छ । यसलाई बुझेरै दुवै नेता एकठाउँमा आउनुहुन्छ भन्ने विश्वास अझै छ । प्रयत्न गरिरहेका छौं,’ उनले भने ।

१४ औं महाधिवेशनमा तटस्थ रहेका नेता रामचन्द्र पौडेलको सहयोग संसदीय दलमा कसलाई हुन्छ भन्ने प्रस्ट भइसकेको छैन । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षमा रहेका एक मात्रै सांसद प्रदीप पौडेल देउवालाई साथ दिने मनस्थितिमा छन् । महाधिवेशनमा आफ्नै दाजु शेखरको विपक्षमा उभिएका पूर्वमहामन्त्री शंशाक कोइरालाले शेखर संसदीय दलको नेता उठे साथ दिने संकेत गरेका छन् । ‘दाजु (शेखर) उम्मेदवार नभए मेरो समर्थन शेरबहादुरजीलाई हुन्छ । दाजु हुनुभयो भने असहज हुन्छ,’ उनले भनेका छन् ।

८९ सांसद रहेको कांग्रेसमा शेखर र गगन पक्षमा ३२ सांसद मात्रै छन् । प्रकाशमान सिंह, सिटौला, शशांक र रामचन्द्र पौडेलको पक्षमा केही सांसद भए पनि बहुमत देउवाको पक्षमा छ । देउवा सहजै संसदीय दलको नेता चुनिने सम्भावना छ । संसदीय दलको नेतामा हार्ने निश्चित हुँदा पनि आफूलाई शेखरबाट सहयोग नभएको दुखेसो महामन्त्री थापाले पोख्दै आएका छन् । ‘जित्ने ठाउँमा तपाईंलाई अघि बढाउँछु, मैले निर्वाचनका बेला मुद्दा नै बनाएकाले हार्ने चुनाव मलाई लड्न दिनुहोस् भन्ने गगनजीको कुरा छ,’ एक केन्द्रीय सदस्यले भने, ‘तर, शेखर दाइले पनि प्रतिस्पर्धाको मनस्थिति बनाइसक्नुभएको छ ।’ कान्तिपुरबाट

वि.सं.२०७९ पुस ४ सोमवार १४:४२ मा प्रकाशित

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न...

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

बर्दिया । बर्दियामा आफ्नै बुवाको कुटपिट गरी हत्या गरेको आरोपमा...

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिएका...

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको विवादास्पद अभिव्यक्तिलाई लिएर लामो समयदेखि...

रवि लामिछानेले बोलाए रास्वपा केन्द्रीय समिति बैठक, पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनको तयारी

रवि लामिछानेले बोलाए रास्वपा केन्द्रीय समिति बैठक, पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनको तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आगामी...

चार वर्ष वैदेशिक रोजगारीमा बसेका सार्कीले झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती

चार वर्ष वैदेशिक रोजगारीमा बसेका सार्कीले झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती

वालिङ (स्याङ्जा) । मनबहादुर सार्कीले बाँझो जमिन भाडामा लिएर व्यावसायिक...