back
CTIZAN AD

संसदीय दलको नेता चयनका लागि बुधबार निर्वाचन गर्दै कांग्रेस, यस्तो छ तालिका

वि.सं.२०७९ पुस ४ सोमवार

1K 

shares

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको नेता चयनका लागि बुधबार निर्वाचन गर्ने भएको छ ।

पार्टीका सहमहामन्त्री तथा निर्वाचन समितिका संयोजक भीष्मराज आङ्देम्बेद्धारा जारी गरिएको सूचनामा भोली दिउँसो २ बजे मतदाता नामावली प्रकाशन, मतदाता नामावली उपर दावी विरोध २ः३० भित्रमा, दावी विरोध उपर जाँचबुँझ गरी अन्तिम नामावली प्रकाशन बेलुका ४ बजेभित्र गरिने सूचनामा उल्लेख गरिएको छ ।

त्यस्तै पर्सि पुस ५ गते बिहान ८ देखि १० बजेसम्म उम्मेदवारको लागि दरखास्त दिने समय तोकिएको छ भने उम्मेदवारको दरखास्त उपर दावी विरोध बिहान ११ बजेभित्रमा गर्न सकिने छ । साथै उम्मेदवारको अन्तिम नामावली दिउसो ३ गते सम्ममा प्रकाशन गरिने सूचनामा उल्लेखछ ।

त्यसैगरी उम्मेदवारका लागि दरखास्त शुल्क ५१हजार तोकिएको छ भने मतदान पुस ६ गते बिहान ८ देखि १० बजेसम्म नेता चयनका लागि मतदान हुनेछ । पार्टीले निर्वाचन कार्यक्रम प्रकाशित स्थान, मिति र समयभित्र मतदान क्षेत्रमा प्रवेश गरी लाइन लाग्न पनि मतदातालाई आग्रह गरेको छ ।

मंसीर ४ गते सम्पन्न निर्वाचनमा नेपाली कांग्रेसले प्रत्यक्ष तर्फ ५७ र समानुपातिक तर्फ ३२ सिट गरी जम्मा ८९ सिट प्राप्त गरेको छ । ती ८९ जनाले बुधबार मतदान मार्फत् संसदीय दलको नेत ाचयन गर्नेछन् । त्यसरी निर्वाचित दलका नेता प्रधानमन्त्रीको दावेदार बन्न पाउनेछन् ।

वि.सं.२०७९ पुस ४ सोमवार १४:५८ मा प्रकाशित

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

बर्दिया । बर्दियामा आफ्नै बुवाको कुटपिट गरी हत्या गरेको आरोपमा...

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिएका...

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको विवादास्पद अभिव्यक्तिलाई लिएर लामो समयदेखि...

रवि लामिछानेले बोलाए रास्वपा केन्द्रीय समिति बैठक, पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनको तयारी

रवि लामिछानेले बोलाए रास्वपा केन्द्रीय समिति बैठक, पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनको तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आगामी...

चार वर्ष वैदेशिक रोजगारीमा बसेका सार्कीले झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती

चार वर्ष वैदेशिक रोजगारीमा बसेका सार्कीले झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती

वालिङ (स्याङ्जा) । मनबहादुर सार्कीले बाँझो जमिन भाडामा लिएर व्यावसायिक...

किवी खेतीमा रमाउँदै वडाध्यक्ष राई

किवी खेतीमा रमाउँदै वडाध्यक्ष राई

इलाम । वडाध्यक्ष सनम राई गाँउका उदाहरणीय कृषक बन्नुभएको छ...