back
CTIZAN AD

संयुक्त राष्टसङ्घद्धारा दक्षिण सुडानलाई ४० लाख अमेरिकी डलर बराबरको सहयोग

वि.सं.२०७९ पुस ८ शुक्रवार

579 

shares

संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायता एजेन्सीले दक्षिण सुडानलाई सहयोग गरेको छ ।

संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायतासम्बन्धी एजेन्सीका प्रमुख मार्टिन ग्रिफिथ्सले सो कुराको जानकारी दिनुभएको हो ।

उनले दक्षिण सुडानलाई तत्कालको आपत्कालीन प्रयोजनका लागि एक करोड ४० लाख अमेरिकी डलर बराबरको सहयोग उपलब्ध गराइएको बताएका छन् ।

दक्षिणी सुडानका खासगरी हिंसा र बाढीपीडित नागरिकका लागि सहयोग पुगोस् भन्ने उद्देश्यले सो सहयोग उपलब्ध गराएको प्रमुख मार्टिनले जानकारी दिए ।

उनका अनुसार यहाँ पछिल्लो समयमा दुई लाख ६२ हजार जनाभन्दा बढी नागरिक हिंसा र बाढीबाट पीडित भएका छन् । उनीहरू गाँस र बासको पनि व्यवस्था नभएकाले देशभित्रै विस्थापित भएर शरणार्थीका रूपमा बसेका छन् ।

उनीहरूको आधारभूत आवश्यकता तथा महिला र बालबालिकाको उद्धारका लागि सो सहयोग रकम उपलब्ध गराइएको उनले जानकारी दिएका हुन् ।

आप्रवासनसम्बन्धी एक विश्व संस्था, विश्व खाद्य कार्यक्रम, संयुक्त राष्ट्रसङ्घीय बालकोषलगायतका सङ्घसंस्थाले पनि दक्षिण सुडानलाई पहिले केही सहयोग रकम उपलब्ध गराएका थिए ।

ती संस्थाले हालै प्राप्त भएको मानवीय सहायतासम्बन्धी रकमको सही सदुपयोग गरेर यहाँका निकै अप्ठ्यारोमा परेका नागरिकको सहयोगमा लगाउनुपर्ने धारणा राखेका छन् । (रासस/सिन्ह्वा)

वि.सं.२०७९ पुस ८ शुक्रवार १६:४८ मा प्रकाशित

भारतमा पेट्रोल-डिजेल महँगियो

भारतमा पेट्रोल-डिजेल महँगियो

नयाँदिल्ली । मध्यपूर्वमा जारी युद्ध र हर्मुज जलघाँटीमा उत्पन्न अवरोधका...

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

न्यूयोर्क । अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामी नजिक शनिबार भएको डुङ्गा...

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

वासिङ्टन । संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...