Logo
२५ श्रावण २०७९, बुधबार
     Wed Aug 10 2022
E-paper
  English Edition
   Unicode
Logo

सुरक्षाकर्मिको भिसामा पनि बेचिए नेपाली चेली



sunita
दुबईमा महिला सुरक्षाकर्मिको काम भनेर कानुनी प्रक्रिया पुर्याई चार वर्षअघि एउटै मेनपावरले २८ जना नेपाली महिलाहरुलाई बिक्री गरेको रहस्य नेपाली साझा मंच राष्ट्रिय समन्वय समिति साउदी अरबले खोलेको छ ।

साउदी अरबको जुबैलमा चार वर्षअघिदेखि बन्धकको जीवन व्यतित् गरेकी काभ्रेपलाञ्चोककी सुनीता ब्लोनलाई नेपाली साझा मंचले नेपाली राजदुतावास रियादको सहयोगमा उद्धार गरेपछि सो कुरा खुल्न आएको मञ्चले प्रेस वक्तव्यमार्फत जनाएको छ ।

वक्तव्यमा भनिएको छ : 
नेपालको सत्यम ईन्टरनेशनल सर्भिस प्रालिले वैदेशिक रोजगार विभागमा LT54163 बाट एक सय २५ जना महिला तथा पुरुषलाई सुरक्षाकर्मिको रोजगारका नाममा दुबईको पावर सेक्युरिटी सर्भिस कम्पनीलाई सुम्पन २०६९ पुष ५ गते श्रम स्वीकृती माग गर्दा विभागले २८ महिला सहित ४९ जनाका लागि एक महिना पछि २०६९ माघ ०७ गते स्वीकृती दिएको सूचीमा राहदानी नं ०६१९०१२३ रहेको १९ वर्षकी सुनीता ब्लोन परेकी थिईन ।

२०१३ जनवरी २५ मा एयर अरबीया माफर्त दुबई ल्याईएकी सुनितालाई १२ सय १५ दिनार तलब दिने सम्झौता सहितका सम्पूर्ण कागजात भने दुबईमा रहेको पावर सेक्युरिटी सर्भिस कम्पनीले सेक्युरिटी गार्डको बनाएर काम गर्न भने घरेलु कामदारमा पठाएको थियो । काममा पठाएको केहि दिनमै अरबीले घुम्न जाने भनेर गाडीबाट साउदी अरब ल्याएको पनि सुनिताले ४ महिना पछि मात्रै थाहा पाइछिन् । जेनतेन दुई वर्षको सम्झौता पुरा गरेर नेपाल फर्कने प्रयासमा लागेकी सुनितालाई चार वर्ष पुगेपनि पटकपटक ढाँट्दै नेपाल फर्कन नदिई उनीलाई रोक्न ११ महिनाको तलब रोकेर पासपोर्ट, मोबाईल खोसेर सम्पर्कविहीन बनाईनुका साथै कुटपिट र डर धम्की दिईए पनि गत अप्रिल २ गते विहान ज्यानको समेत पर्वाह नगरी बाहिर आउन सफल भईछिन् ।

उनी बाहिर आएको नेपाली साझा मंचले तत्काल सूचना प्राप्त गरेका कारण कुनै अप्रिय घटना हुन नदिई राजदुतावासको सहयोगमा रियाद पुराएर उनीलाई सुरक्षा प्रदान गरिएको छ ।

कार्यबाहक राजदुत आनन्द शर्माका अनुसार अप्रिल २ को राती सुनिताको मालिक कपिलले फोन गरेर उनको तलब र नेपाल जान हवाई टिकट दिन्छु भनेको तर पुनः फोन भने नगरेको बताए । सुनितासंगै नेपालको सत्यम मेनपावर कम्पनीले श्रमस्वीकृतीको सूची अनुसार २८ जना महिलाहरुलाई दुबई पठाएको देखिन्छ ।
ती महिलाहरुको नाम तल उल्लेख भए अनुसार रहेको छ ।
1 टीकारानी गोले
2 हिरादेवी पाख्रिन
2 माया तामाङ
4 भगवती मगर
5 अनिता रेग्मी
6 आरती भण्डारी
7 लीला विश्वकर्मा
8 रोसीमाया मोक्तान
9 सेंग्मु तामाङ
10 सबिना तामाङ
11 सुन्दरमाया तामाङ
12 सुनीता ब्लोन
13 विमला कार्की भट्टराई
14  सृजना ओझा
15  नमुना लामा
16  झुमा तामाङ
17  खोन्जुङ तामाङ
18  रेणु खत्री
19  ङ्योमा डोल्मा लामा
20  श्रीदेवी लामा
21 जुनाकुमारी कुमार
22 रोजिना तामाङ
23  फुलमाया घलान
24  छोङजीमा शेर्पा
25 अनिता तामाङ
26  कुमारी तामाङ
27  विमला लामा
28  सुनमाया वाईबा
वक्तव्यमा अघि भनिएको छ  “ व्यवस्थापिका संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले सरकारलाई वैदेशिक रोजगारका नाममा महिलाहरुलाई विक्री गर्ने नेपाली मेनपावर र विदेशी एजेन्टलाई कार्वाही गर्न निर्देशन दिएकै समयमा सुनिता ब्लोनको उद्धारका क्रम पाईएको यस ठोस प्रमाणका आधारमा अब कार्वाही हुन्छ कि हुन्न हेर्नु बाँकी छ ।”

यथाशिघ्र ती महिलाहरुको अवस्था सार्वजनिक गर्न र उनीहरुलाई सेक्युरिटी गार्डको भिसामा लगेर घरेलु कामदारका रुपमा खाडी मुलुकमा विक्री गर्नेहरुलाई कडा कार्वाही गर्न सरकारसंग माग गर्दै वक्तव्यमा  नेपाली साझा मंचको राष्ट्रिय समन्वय समिति साउदी अरब र सहयोगी अभियंताहरु एवं नेपाली राजदुतावास रियादलाई धन्यवाद ज्ञापन  गरिएको छ ।

यस घटनासँग जोडिएको सत्यम सत्यम ईन्टरनेशनल सर्भिस प्रालि सुविधानगर काठमाडौँमा रहेको सँग सम्पर्क गर्दा आफूहरुले २०७२ सालमा गजेन्द्र भण्डारी भन्ने व्यक्तिबाट कम्पनी किनेको जानकारी दिँदै अध्यक्ष दुर्र्गाबहादुर थापाले आफूहरु  यस घटना बारे अनविज्ञ रहेको बताए । आफ्नो कम्पनीले कतार बाहेक अन्त नपठाएको जानकारी पनि उनले दिए ।

गजेन्द्र भण्डारीसँग पनि यसबारेमा सम्पर्क गरि बुझ्दा उनले आफूले पनि सो कम्पनी शान्ति केसी भन्ने व्यक्तिबाट किनेको र १ वर्षमै सो कम्पनी बेचेको बताउँछन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । स्थानीय निर्वाचनमा जस्तै प्रदेश र प्रतिनिधिसभा चुनावमा पनि एमाले एक्लो हुने भएको

काठमाडौं । बझाङको बुङगल नगरपालिका ९ रारुमा एकै परिवारका तीन आमाछोरा र छोरी झुण्डिएको

काठमाडौं । सवारी चालक अनुमति पत्र (लाइसेन्स)को लागि लिइने परीक्षामा ७० अंक ल्याए पास

काठमाडौं । काठमाडौंको मुटु मानिने थापाथलीमा रहेको नर्भिक अस्पतालले एक रोपनी ८ आना १