back
CTIZAN AD

शास्त्रमा दिउँसोमा सुत्न अनुचित मानिएको छ ?

वि.सं.२०७९ पुस १५ शुक्रवार

744 

shares

काठमाडौं । शास्त्र र आयुर्वेदमा दिनको समय काम गर्नका लागि अनि राति चाहिँ सुत्नका लागि निर्धारण गरेका छन् । तर रातमा ड्युटी हुने मानिस त बाध्यतावश राति उठ्ने र दिउँसो सुत्ने गर्छन् । कोहीकोहीको चाहिँ दिउँसो सुत्ने बानी परेको हुन्छ ।

तर शास्त्र र आयुर्वेदमा दिनमा सुत्न अनुचित मानिएको छ । दिउँसो सुत्दा पाचनतन्त्रमा गडबडी हुन्छ र खाना सही तरिकाले पच्दैन । यसले गर्दा कब्जियत, ग्यास, अपच लगायत समस्या आइलाग्नुका साथै मोटोपन पनि बढ्छ । दिउँसो एकछिन आराम गर्दा त कुनै हानि हुँदैन तर खाना खाएर गहिरो निद्रामा जाँदा चाहिँ पेटसम्बन्धी रोग लाग्छ ।

त्यस्तै दिउँसो सुत्दा ज्वरो, गलासम्बन्धी समस्या, स्मरण शक्ति कमजोर, अंग फुल्ने, आलस्य बढ्ने पनि हुन्छ ।

यसका अलावा धार्मिक मान्यताले पनि दिउँसो सुत्न निषेध गरेको छ । दिउँसो सुत्ने मानिसको घरमा लक्ष्मीको वास नहुने मान्यता छ ।

तर केही मानिसका लागि अलिकति आराम गर्नु पनि राम्रै हुन्छ । विद्यार्थीहरूले लगातार कैयौं घन्टा पढेपछि आराम गर्नका लागि दिउँसो एक झप्को लिनु ठीकै हुन्छ ।

वृद्धहरूका लागि पनि शरीर र मस्तिष्कलाई आराम दिनका लागि दिउँसो सुत्नु ठीक हुन्छ । असाध्यै क्रोधी मान्छेले पनि दिउँसो सुत्दा दिमाग शान्त हुन्छ । कडा शारीरिक मेहनत गर्ने मानिसले पनि शरीरका अंगलाई आराम दिन दिउँसो सुत्दा हुन्छ । एजेन्सी

वि.सं.२०७९ पुस १५ शुक्रवार १४:०७ मा प्रकाशित

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पछिल्लो समय मानसिक समस्या मौन महामारीका...

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

काठमाडौँ । चन्द्रागिरी–११, सतुङ्गलस्थित जेसिस इन्टरनेसनल बोर्डिङ सेकेन्डरी स्कुलमा बाह्रौँ...

क्यान्सर विरामीको प्रश्न : डाक्टरसाप, निको भएपछि गर्भधारण गर्न मिल्छ ?

क्यान्सर विरामीको प्रश्न : डाक्टरसाप, निको भएपछि गर्भधारण गर्न मिल्छ ?

भक्तपुर । डाक्टर साहेब क्यान्सर निको भएपछि गर्भधारण गर्न कुनै...

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखा । १२ औँ विश्व योग दिवसको अवसरमा गोरखामा एकदिवसीय...

१२औँ अन्तर्राष्ट्रिय योग दिवस विशाल मिलन वैज्ञानिक योग केन्द्रले मनायाे

१२औँ अन्तर्राष्ट्रिय योग दिवस विशाल मिलन वैज्ञानिक योग केन्द्रले मनायाे

काठमाडौं । १२औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा काठमाडौंस्थित विशाल मिलन...