back
CTIZAN AD

मुक्तक

वि.सं.२०७९ पुस १६ शनिवार

807 

shares

निर्मलरमण पराजुली, काठमाडौं

१.
रचनाकारका रचनामा, बिभेद्को रङ्ग छर्ने तिमी
आसे पासेको हातमा, सम्मान पुरस्कार भर्ने तिमी
कसरी पुजारी बन्यौ, शब्द्को पूजा हुने मन्दिरको
नेपाली भाषा साहित्य, सधै बलात्कार गर्ने तिमी …


नौ महिना गर्भमा राखी, सन्तानलाई पाल्दा आमा
सङ्क्रमित भै कोरोनाले, तिमीलाई ढाल्दा आमा
आज ति नै सन्तानले, छी छी दुर्दुर गर्दा लाग्छ
हृदय कति फाट्यो होला, आशुले पीडा गाल्दा आमा …


साहित्य सेवा शब्द, भावको पूजा गरेर हुन्छ
अमर अजर रचनाले, साहित्य भन्डार भरेर हुन्छ
अध्यक्ष हुँदैमा माला, भिर्दैमा साहित्य सेवा हुँदैन
मन वचन कर्मले, शब्दको सुगन्ध छरेर हुन्छ …


सोह्र बर्ष पुगे छोरो, पनि साथी हुन्छ
असल सस्कारले उ, सधै माथी हुन्छ
उस्को असल कर्मले, बाबु भनेर चिनिदा
पहिला गर्बले फुल्ने, मेरो यो छाती हुन्छ …


तिम्रै लागी ब्रत बसी, पूजा गर्ने दिन आउछ
हातमा तिम्रै नाम लेखी, बुट्टा भर्ने दिन आउछ
हरिया पहेला अनि राता, चुराहरु नाडी भरि सजाएर
सिउँदो भरि तिम्रो नामको, सिन्दुर छर्ने दिन आउछ …

 

वि.सं.२०७९ पुस १६ शनिवार ०८:२१ मा प्रकाशित

फोनको घण्टी

फोनको घण्टी

बस्, अहिले त एउटा घरको कोठामा बैश सकिएका श्रीमान् र...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा चाँडोचाँडो रिसाउने छ ,निकै तिम्रो...

गजल

गजल

बिमला चन्द सानू बैतडी हाल : काठमाडौं बद्लिन्छ रूप रेखा...

गजल

गजल

एलपी पराजुली, काठमाडौँ मुस्कान तिम्रो गजब छ नानी बन्दै दिवानी...

गजल

गजल

रमा खतिवडा मैनशिखा, पोखरा  पिरोल्दै छ दिलभित्रको खतले म घायल...

सुसेली

सुसेली

सारिका बलामी ग्रीनहिल स्कुल दक्षिणकाली कक्षा ६ बन सुतली मेरी...