back
CTIZAN AD

छन्द कविता : खेल

वि.सं.२०७९ पुस १६ शनिवार

2.9K 

shares

विदुर अधिकारी, रामपुर, चितवन

जिन्दगी त खेल हो, खेल्न जान्नु पर्दछ
सभ्यता नियालिँदै, मिल्न जान्नु पर्दछ
खेल सौम्य खेलिए, बन्नजान्छ लायक
झेल गर्न थालिए, हुन्छ त्योविनाशक ।
(१)

साधना उभारिने, प्रेमसाथ खेलिए
सिर्जना हराउने, खेल खेल्न छाडिए
दिव्यता उदाउने, खेल सौम्य राखिए
जिन्दगी मजा हुने,नीति सत् सजाइए ।
(२)

खेल चुम्छ योग्यता,दिन्छ चैनको पला
खेल सत्य खेलिए, चम्किने छ शृङ्खला
खेल दिव्य यान हो, बोक्छ सिर्जना–घर
खेल सौम्य सान हो, टल्किने निरन्तर ।
(३)

खेलमा मिठो कला, साँधिए भलो हुने
खेलमाझ तिर्सना, रोपिए उज्यालिने
कोइली बसी यहाँ, राग गुन्गुनाउँछे
खेल–चौर हो धरा, सत्य यो सुनाउँछे ।
(४)

वंश बढ्छ खेलले, कंस बन्छ झेलले
साथ दिन्छ खेलले, शान्ति मिल्छ मेलले
सौम्य सृष्टि विश्वको, खेल रच्छ ईश्वर
मात्र व्यक्ति पात्र हो, जान सत्य सुन्दर ।
(५)

छन्द : मञ्जुला

 

वि.सं.२०७९ पुस १६ शनिवार ०८:२७ मा प्रकाशित

फोनको घण्टी

फोनको घण्टी

बस्, अहिले त एउटा घरको कोठामा बैश सकिएका श्रीमान् र...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा चाँडोचाँडो रिसाउने छ ,निकै तिम्रो...

गजल

गजल

बिमला चन्द सानू बैतडी हाल : काठमाडौं बद्लिन्छ रूप रेखा...

गजल

गजल

एलपी पराजुली, काठमाडौँ मुस्कान तिम्रो गजब छ नानी बन्दै दिवानी...

गजल

गजल

रमा खतिवडा मैनशिखा, पोखरा  पिरोल्दै छ दिलभित्रको खतले म घायल...

सुसेली

सुसेली

सारिका बलामी ग्रीनहिल स्कुल दक्षिणकाली कक्षा ६ बन सुतली मेरी...