back
CTIZAN AD

कथा : भोट

वि.सं.२०७९ पुस १६ शनिवार

744 

shares

भुपेन्द्र न्यौपाने,दमक, झापा

राजनीतिक पार्टिका नेताहरूको चुनावी घरदैलो कार्यक्रम जारी थियो ।

‘भित्र को हुनुहुन्छ ? हामी भोट माग्दै आएका छौँ । एकछिन बाहिर निस्किदिनु न ।’ हप्तादिनदेखि बिरामीले थलापरेकी बूढीलाइ तातोपानी ख्वाउँदै थिए, साइला बाजे ।

बाहिरको हल्लाले बूढीलाइ झर्को लाग्छकि भनेर साइला बा बाहिरै निस्किए । यसो चारैतिर हेरे, आँगनभरी मान्छेहरु विभिन्न रङ्गका झण्डा र चुनावचिन्ह लिएर आएका थिए ।

एकजना नेताले आफूलाई चिनाउँदै यो सालपनि उनैलाई भोटदिएर जिताउन आग्रह गरे । त्यस पछाडी सबैले आआफ्नो चुनाव चिन्ह देखाउदै भोट मागिरहेका थिए । बा लाई फकाउँदै थिए ।

‘बा, तपाइलाई कस्तो छ ? परिवारमा केही समस्या भए भन्नू होला । हामी र हाम्रो पार्टिले सहयोग गर्नेछ । आफ्नू समस्या अहिले नै भन्नू बा, हाम्रा पार्टिका महान् नेता यहीँ आउँनु भएको छ । भन्नू बा भन्नु ।’

बा केही नबोली हेरिरहे, टोलाइ रहे । जब बा लाई बोल्न बारम्बार आग्रह गरियो, तब भने बा बोल्नुभयो ।

‘खै !! तपाईंहरु को को हुनुहुन्छ ? मैले सबैलाइ त चिनिन तर उहाँहरु (अघिल्लो चुनावमा विजयी भएकातिर देखाउँदै) लाई चै चिनेँ । मेरो समस्या सोध्न आउँनुभएछ । दुईबर्षदेखि म र मेरो परिवारको समस्यालिएर तपाईं महान् नेताकोमा धेरैपल्ट धाएँ, अहँ तपाइले मलाई कैल्यै चिन्नुभएन ।

ऋण गरेर विदेश पठाएको छोरो बाकसमा फर्कियो । साहूको ऋण तिर्न नसक्दा खेतबारी सबै साहुलाई पास गरिदिएँ । छोरो दिवङ्गत भएको दोश्रोबर्ष बुहारीले पनि घरछोडेर माइती गएकी फर्केर आइन। कलेज पढ्न गएकी छोरी बलात्कृत भई ।

त्यो बेला मैले हलका गोरु बेचेर थानाचौकी अनि तपाईं बस्ने त्यो ठूलो घरमा न्याय माग्नको लागि कति धाएँ, कति रोएँ, हारगुहार गरेँ, कति बिलौना गरेँ तर कसैले मेरो एक सुन्नुभएन । छोरी एकोहोरिन थालेकी थिई, बर्बराउथी मात्र । कोही आयो भने डराउँथी । कलेज जान छोडेकी थिई ।

छोरीको अवस्था देख्दा हामी बुढाबुढी रुँन बाहेक केही गर्न सक्ने अबस्थामा थिएनौँ । निरीह बाबुको अनुहार हेरेर ऊ केही भन्दिनथी, यतिमात्र सोध्ने गर्थी !!

‘म बलात्कृत भएर बाँच्नुको पीडाभन्दा पनि मैले न्याय नपाउँदा र बलात्कार गर्ने गाउँको नेताको अपराधी छोरो… खुलम खुल्ला हिंडेको देख्दा अनि विवश बनेर मेरा बुबा आमाको रातदिनको आँसु देख्न नसकेर मैले बाँचेर पनि न्याय पाउँदिन भन्ने लागेर नै मैले आत्माहत्या गरेकी हुँ ।’

‘बुबा पुलिसले त्यसलाई पक्डियो ? नेता ज्युलाई गएर भन्नु न बुबा । मलाई सबैजना हेरेर किन हास्छन् मात्र ?’
छोरीको प्रश्नको जवाफ मसँग थिएन ।

म विक्षिप्त भएको देखेर उसले न्याय नपाउँने ठानिछ र घरको अगाडिको आँपको रुखको हाँगामा डोरीको पासो लगाएर आफूलाइ समाप्तपारी । प्रहरीले मलाई र मेरी श्रीमतिलाइ तुरुन्तै हत्कडी लगायो । छोरीले मर्नुभन्दा अगाडी लेखेको पत्र आफ्नै साथमा राखेर आत्महत्या गरेकी रैछ । उसले पत्रमा लेखेकी थिई !! ‘म बलात्कृत भएर बाँच्नुको पीडाभन्दा पनि मैले न्याय नपाउँदा र बलात्कार गर्ने गाउँको नेताको अपराधी छोरो… खुलम खुल्ला हिंडेको देख्दा अनि विवश बनेर मेरा बुबा आमाको रातदिनको आँसु देख्न नसकेर मैले बाँचेर पनि न्याय पाउँदिन भन्ने लागेर नै मैले आत्माहत्या गरेकी हुँ ।’

म जान्दथेँ मैले बाँचेर न्यायको लागि लड्नुपर्छ । पीडकलाई जेलहाल्नु पर्छ । म बाबा आमाको सारथि बन्नुपर्छ, मैले हिम्मत हार्नुहुन्न । तर यहाँ नेताको पैसा र पावरको अगाडी हामीलाई पीडित होइन, पीडक बनाइयो ।
रातदिनको परिवारकै ज्यान मारिदिने धम्किले मलाई थप पीडाबोध हुन्थ्यो । हाम्रो आवाज पाइला पाइलामा दबाइयो । बाबासँग मुद्दालड्न केही सम्पत्ति बाँकी नरहेकै कारण मैले यो दुःखदपूर्ण निर्णय गरेकी हुँ। आत्महत्याको दोषी ममात्र हुँ । बा आमालाई दोष नदिनु ।’

पैसा र शक्तिको दबाबमा पुलिसले छोरीले लेखेको पत्रनै गायब बनाइदियो ।

त्यसपछि रोगी बूढीलाई पीरचिन्ताले दिनदिनै गलाउँदै लग्यो । बिहेमा मैले उसको घाँटीमा लगाईदिएको मेरो चिनो तिलहरी बेचेर अस्पताल लगेँ । डाक्टरले यहाँ उपचार हुन नसक्ने भनेर विदा दिए । गाउँका दयालु मनहरुले दिएको खानेकुराले दुखपू्र्ण हाम्रो दुईछाक टर्दैछ । कसैले बिर्सनु भयो भने हामी जोईपोइ पानीमात्र पियर सुत्छौँ ।

बूढीलाई डाक्टरले लेखिदिएको दबाइ सकिएको एकहप्ता भयो । बिमारले झन् झन् च्याप्दैछ । म आफैँ भित्ताको सहारालेमात्र भित्र बाहिर गर्न सक्छु । आँखा पनि राम्रो देख्दिन ।’

बा को गला अवरुद्ध भयो । एकछिन पछि बा ले एउटै कुरा मागे ! ‘ कृपागरेर मलाई दिनुहुन्छ भने मेरो छोरीको आत्म शान्तिको लागि न्याय दिनुहोस् । बलात्कारीलाई कानुनी दायरामा ल्याएर उचित सजाय दिनुहोस्। के यति कामगर्न सक्नु हुन्छ ?’
त्यहाँ जम्मा भएका सबैले एकअर्काको अनुहारमा हेराहेर गरे । नेताले त्यही चुनावी भीडभित्रका एकजना कार्यकर्तालाइ बोलाएर रुखो बोलीमा भने !!

‘यहाँको दुईभोट नआए केही लछारिदैन तिमीहरू खुरुक्क अगाडी बढ ।’

भित्रबाट आमाले को आउनु भएको हो भनेर सोधिरहेकी थिइन् । तर हामी फलानो फलानो आएका हौं भनेर तिनीहरू कसैले जवाफ दिने र अनुहार देखाउँने हिम्मत गरेनन् ।

चुनावी हूल अगाडी बढ्यो ।

गहभरी आँसु पारेर बा पनि भित्तो समाउँदै कोठाभित्र पसे ।

वि.सं.२०७९ पुस १६ शनिवार ०८:३४ मा प्रकाशित

फोनको घण्टी

फोनको घण्टी

बस्, अहिले त एउटा घरको कोठामा बैश सकिएका श्रीमान् र...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा चाँडोचाँडो रिसाउने छ ,निकै तिम्रो...

गजल

गजल

बिमला चन्द सानू बैतडी हाल : काठमाडौं बद्लिन्छ रूप रेखा...

गजल

गजल

एलपी पराजुली, काठमाडौँ मुस्कान तिम्रो गजब छ नानी बन्दै दिवानी...

गजल

गजल

रमा खतिवडा मैनशिखा, पोखरा  पिरोल्दै छ दिलभित्रको खतले म घायल...

सुसेली

सुसेली

सारिका बलामी ग्रीनहिल स्कुल दक्षिणकाली कक्षा ६ बन सुतली मेरी...