back
CTIZAN AD

चालू पुँजी कर्जा मार्गदर्शन संशोधन : ऋणिले २०८२ असारसम्म किस्तामा ऋण तिर्न सक्ने

वि.सं.२०७९ पुस २० बुधवार

993 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू पूँजी कर्जा मार्गदर्शन संशोधन गरेको छ । राष्ट्र बैंकले बुधबार भर्चुअल पत्रकार सम्मेलन गर्दै मार्गदर्शन संशोधन भएको जनाएको हो ।

राष्ट्र बकैंले सीमाभन्दा बढी कर्जा लिएका व्यवसायीहरुले २०८२ असारसम्म पाँचवटा किस्तामा कर्जा भुक्तानी गर्न सक्ने गरी मार्गदर्शन संशोधन गरेको छ । यो व्यवस्था कर्जाको पुनर्संरचना र पुनर्तालिकीकरण भने नहुने राष्ट्र बैंकले जनाएको छ ।

संशोधित मर्गदर्शनअनुसार १ करोडभन्दा तलको चालू पूँजी कर्जाको हकमा मार्गदर्शन लागू हुँदैन । त्यस्तै २ करोडभन्दा माथिका कर्जाको हकमा मागर्दशन लागू हुने व्यवस्था गरिएको छ ।

राष्ट्र बैंकको नयाँ व्यवस्था तत्कालै भने लागु हुनेछैन । तोकेको सीमाभन्दा बढी कर्जा लिएकाले २०८० असारसम्म १० प्रतिशत भुक्तानी गरिसक्नुपर्ने जनाइएको छ । त्यसपछि हरेक ६/६ महिनामा २०/२० प्रतिशत किस्ता तिर्नुपर्छ। अन्तिम किस्तामा ऋणीहरुले ३० प्रतिशत किस्ता भुक्तानी गर्नुपर्ने संशोधित प्रावधान छ।

बुधबार मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थमन्त्री विष्णु पौडेल र गर्भनर महाप्रसाद अधिकारीसँग छलफल गरेका थिए । प्रधानमन्त्रीले व्यवसायीले उठाएका मागलाई सम्बोधन गर्नेगरी मौद्रिक नीतिलाई संशोधन गर्न निर्देशन गरेका थिए ।

यस्तो छ संशोधनको पूर्णंपाठ

वि.सं.२०७९ पुस २० बुधवार १७:३८ मा प्रकाशित

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

काठमाडौं । नेपाल सरकारले मानव अधिकारको संरक्षण र संवर्द्धनमा उल्लेखनीय...

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरी । सप्तरीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु...

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत प्राप्त...

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

काठमाडौँ । वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न...

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

बर्दिया । बर्दियामा आफ्नै बुवाको कुटपिट गरी हत्या गरेको आरोपमा...