back
CTIZAN AD

सत्ता गठबन्धनका शिर्ष नेताहरुको छलफल बालुवाटारमा

वि.सं.२०७९ पुस २० बुधवार

723 

shares

काठमाडौं । सत्ता गठबन्धन दलका शिर्ष नेताहरुको बालुवाटारमा छलफल सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच छलफल सुरु भएको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले जानकारी दिएका छन् ।

पुस १० गते नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेसहित ७ दलको समर्थनमा प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डले पुस २६ गते विश्वासको मत लिने तयारीमा रहेका बेला शिर्षनेताहरु छलफलमा जुटेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले आज एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँगको सिंहदरबारमा भएको भेटमा पनि आफुलाई विश्वासको मत दिन आग्रह गरेका थिए । अध्यक्ष नेपालले यस विषयमा पार्टीभित्र छलफल गरेर निर्णय गर्ने बताएका थिए ।

यसैबीच नेकपा एमाले र रास्वपाले प्रचण्डलाई समर्थन गर्दै सरकारमा मन्त्रीहरु समेत पठाइसकेको छ भने जसपाले भने सरकारमा जाने/नजाने विषयमा निर्णय गर्न सकेको छैन ।

वि.सं.२०७९ पुस २० बुधवार १७:३७ मा प्रकाशित

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

काठमाडौं । नेपाल सरकारले मानव अधिकारको संरक्षण र संवर्द्धनमा उल्लेखनीय...

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरी । सप्तरीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु...

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत प्राप्त...

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

काठमाडौँ । वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न...

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

बर्दिया । बर्दियामा आफ्नै बुवाको कुटपिट गरी हत्या गरेको आरोपमा...