back
CTIZAN AD

मुक्तक

वि.सं.२०७९ पुस २३ शनिवार

888 

shares

बलराम लम्साल (समीप),बुटवल


यात्रै यात्रा रहेछ जीवन बुझ्न थालेको छु।
सम्हालेर आफ्नो मन बुझ्न थालेको छु।
यो संसार अनि तमाम मानिसहरूलाई,
झन पछि अझै झन बुझ्न थालेको छु ।


आफ्नो हेर्ने नजर सबैले फेरौं त एकपटक ।
सबै मिलेर सिंहदरवार घेरौं त एकपटक ।
गोैमाता भनेर हामीले जसलाई पुज्ने गर्छाैं,
तिनै गौमाताको दुर्दशा हेरोैं त एकपटक ।


शङ्का छैन, छैन दुईमत, तिमी भित्रै छ।
लेखेर राख शत–प्रतिशत, तिमी भित्रै छ।
एक–दुई ठक्कर खाँदैमा हार नखाऊ तिमी,
संसार जित्न सक्ने तागत, तिमीभित्रै छ ।


तिमी गएदेखी पटक्कै आश छैन हेर ।
खुसि छेउ कि कहाँ, तलास छैन हेर ।
बा–आमाको मुख हेरेर, म बाँचेको छु,
हुनुपर्ने जिन्दगीमा मिठास छैन हेर ।


हुँदा पनि यो मनमा शोक, हाँसेर भनिदिएँ।
गर्दिन तिम्रो जिवनमा रोकटोक, हाँसेर भनिदिएँ।
खुसि हुनु जिन्दगीमा उनले भन्दा खेरि,
तिम्रो खुशी नै मेरो सबथोक, हाँसेर भनिदिएँ।

वि.सं.२०७९ पुस २३ शनिवार ०७:०६ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...