back
CTIZAN AD

लघुकथा : परमधाम

वि.सं.२०७९ पुस २३ शनिवार

885 

shares

वसन्त अनुभव, घोराही, दाङ

“वाह ! भाग्य होस् त रगतको जस्तो । सारा संसार भ्रमण गरेको छ, रमाएको छ । आफू भने कतै जान पाउने होइन । खाली एक ठाँउ बसेको छ, उसकै सेवा गरेको छ ।“ दिक्क मान्दै फोक्सोले भन्यो ।

“म पनि साह्रै दिक्क भैसकेँ । भ्रमणबाट हुने नहुने केके हो केके बोकेर ल्याउँछ । अनि हामीलाई छुट्याउँनै गाह्रो । एकछिन आराम छैन, हे भगवान् !“ मृगौलाले पनि दुखेसो पोख्यो ।

“यो सब त्यहीँ मुटुले गर्दा हो । न आफू बस्छ, न हामीलाई सास फेर्न दिन्छ । बाटो बनाउँदा बनाउँदा दिक्क भैसके ।“ सुस्केरा हाल्दै नशा बोल्यो ।

“म के गरुँ त ? दिएको जिम्मेवारी पूरा गर्नै प¥यो । नत्र के रहर थियोे र चौबीसै घण्टा खट्न ।“ आरोपको सफाइ दिदै मुटु बोल्यो ।

फोक्सो, मुटु, मृगौला, नशा लगायतका अङ्गहरूको आकस्मिक वैठक बस्यो । बैठकले शरीरद्वारा भएको श्रम शोषणको चर्को विरोध ग¥यो । कामका साथ उचित आरामको जोडदार माग ग¥यो । साथै ज्यादतीका विरुद्ध एक घण्टा पेन डाउन गर्ने निर्णय गर्दै तत्काल कार्यान्वयनमा उत्रियो ।

आन्दोलन गरेलगत्तै अङ्गहरूको माग तत्काल सम्बोधन भयो । सम्पूर्ण अङ्गहरूले पूर्ण आराम र शरीरले परमधाम प्राप्त ग¥यो ।

वि.सं.२०७९ पुस २३ शनिवार ०७:०८ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...