
राजेन्द्रकुमार बज्राचार्य,कामाण्डौं
रोजें बगैँचा जीतको त्यो वासना
खोजें बिहानी चित्तको त्यो वासना
आहा लगानी मूलको त्यो संस्कृति
कस्तो जवानी रीतको त्यो वासना
फुल्दो छ फूलै प्रेमको त्यो खेतमा
चल्दो छ कस्तो गीतको त्यो वासना
लाग्दो उषा यो रश्मिको भो जिन्दगी
कस्तो उमङ्गै शीतको त्यो वासना
माया गरें है सुन्दरी छाया सरी
आएँ म खोज्दै प्रीतको त्यो वासना
बहर : रजज मुसद्दस सालिम
अर्कान :२२१२×३