काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले चैतमा हुने माध्यामिक शिक्षा परीक्षा (एसईई) को परीक्षा तालिका सार्वजनिक गरेको छ ।
माघ ११ गते बसेको बोर्ड बैठकको निर्णय अनुसार बोर्डले परीक्षा तालिका सार्वजनिक गरेको हो ।
बोर्डद्वारा जारी सूचना अनुसार चैत १७ गते शुक्रबारदेखि सुरु भई २९ गते सकिने उक्त परीक्षा तालिका अनुसार पहिलो दिन शुक्रबार अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ । परीक्षा बिहान ८ देखि ११ बजेसम्म हुने पनि बोर्डको सूचनामा उल्लेखछ ।

वि.सं.२०७९ माघ १४ शनिवार ०९:५२ मा प्रकाशित






























