काठमाडौं । पर्यटन, संस्कृति, नागरिक उड्डयनमन्त्री सुदन किरातीले खादा, मालाको सट्टामा राखेको दान पेटिकामा जम्मा भएको रकम, एक महिनाको तलब र सचिवालयको १५ दिनको सुविधासहित ६ लाख बढी रकम दुर्गमको विद्यालयमा अक्षयकोष स्थापना गर्ने बताएका छन् ।
मन्त्री हुनासाथ आफ्ना शुभ चिन्तकहरुलाई बधाई दिन आउँदा खादा र माला नल्याउन अनुरोध दानपेटीका राखेर रकम संकलन गरेका मन्त्री किरातीले उक्त रकम, आफ्नो एक महिना र सचिवालयको १५ दिनको सुविधा समेत यसैमा जोडेर जम्मा ६ लाख ४ सय ३४ रुपैयाँ दुर्गम क्षेत्रको विद्यालयमा अक्षयकोष स्थापनार्थ उपयोग ग गरिने बताएका छन् ।
‘आम जनताको लागि केही राम्रो कार्य गनेकक क्रममा बधाई दिन आउने मानुभावहरूबाट खादा र माला लिनको सट्टा दान पेटिका राख्यौ । बिदा बाहेक सात दिनमा दान पेटिकामा संकलित रकम, मेरो एक महिना र सचिवालयको १५ दिनको सुविधा समेत यसैमा जोडेर जम्मा रू ६ लाख ४ सय ३४ भएको जानकारी गराइन्छ,’ मन्त्री किरातीले भनेका छन्, ‘दान पेटिका राख्ने कार्य माघ १३ गते देखिनै बन्द गरिएको छ ।उक्त सुन्दर अभियानमा सहभागी सबैमा धन्यवाद ब्यक्त गर्दछौँ ।
माथि उल्लेखित रकम हाम्रो शैक्षिक विकासको अभियानको एक पाइलाको रूपमा दुर्गम क्षेत्रको विद्यालयमा अक्षयकोष स्थापनार्थ उपयोग गरिने छ । विद्यालयको नाम र हस्तान्तरण कार्य चाडै सार्वजानिक गरिनेछ ।’
वि.सं.२०७९ माघ १४ शनिवार १०:११ मा प्रकाशित






























