back
CTIZAN AD

ललितपुरमा ठूलो परिणाममा नक्कली मदिरा बनाउने कारखाना भेटियो

वि.सं.२०७९ माघ १६ सोमवार

657 

shares

काठमाडौ । ललितपुरको महालक्ष्मी नगरपालिबाट ठूलो परिणाममा विदेशी ब्राण्डको नक्कली मदिरा प्रहरीले बरामद गरेको छ ।

काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा स्वदेश र विदेशी ब्राण्डका नक्कली मदिराको कारोबार बढेको सूचना पाएसँगै अनुसन्धान गर्दा प्रहरीले ललितपुरको महालक्ष्मी नगरपालिका वडा नम्बर ५ स्थित टिकाथलीको विभिन्न स्थानहरुमा स्वदेशी तथा विदेशी ब्राण्डका मदिराहरूको नाम दिई नक्कली मदिरा बनाउने कारखानाबाट मदिरा बरामद गरेको हो ।

प्रहरीले आईतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी विभिन्न विदेशी ब्राण्डको नक्कली मदिरा बनाउन कारखानामा संग्लन ३ जनालाई पक्राउ समेत गरेको जानकारी दिएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक डा. मनोज केसीले कारखानाबाट नक्कली मदिरा र मदिरा बनाउन प्रयोग गर्ने केमिकल, विभिन्न स्वदेशी तथा विदेशी ब्राण्डका मदिराहरूको खालि बोतल, राजस्व अन्तर शुल्कको प्रयोग गरिएका स्टिकर तथा लेवलिङ एवं प्याकेजिङ गर्ने मेसिन लगायत अन्य विभिन्न सामग्रीहरू बरामत गरेको बताए ।

‘नक्कली गोल्डेन वाक ६ बोतल, ८८४८ भोड्का ४८ बोतल, मुगलान ४२० बोतल, २०२० एफल ३० बोतल, खुकुरी राम ९२ बोतल र रुस्लान भोड्का १३२ बोतल बरामद गरिएको छ, यस्तै, डबल ब्ल्याक, रेड लेबलसहितका विभिन्न बोतलहरु पनि बरामद गरिएको छ’, उनले भने । उनले कारखाना खोल्ने र मदिरा बनाउन संग्लनलाई समेत पक्राउ गरी अनुसन्धान भइरहेको जानकारी दिए ।

मदिरा बनाउन संग्लन दोलखा स्थायी घर भएका निरोज उप्रेती, स्याङ्जाका धर्मी पौडेल र सिन्धुली स्थायी घर भएका गणेशबहादुर रानामगरलाई पक्राउ परेका छन् । उनीहरुलाई स्वदेशी तथा विदेशी ब्राण्डका विभिन्न गुणस्तरहीन नक्कली मदिराहरु बनाउने तथा कालोबजारी ऐन अनुसारको कारबाही र भन्सार छलीको मुद्दा हालेर कारबाही गरिने प्रहरीले जनाएको छ ।

उनीहरुलाई थप अनुसन्धान गर्ने क्रममा काठमाडौंको मित्रनगरस्थित गौडेलले सञ्चालन गरेको एसटी लिक्वियर स्टोरमा समेत खानतलासी गर्दा गुणस्तरहीन नक्कली ब्राण्डका मदिरा भेटिएको छ । नक्कली मदिरालाई स्टोरहरुमार्फत प्रचलित दरभाउ भन्दा कम मूल्यमा बेच्ने गरिएको छ ।

वि.सं.२०७९ माघ १६ सोमवार ०८:५५ मा प्रकाशित

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

घट्यो सुनचाँदीको मूल्य

घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा घटेको छ ।...

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

काठमाडौँ । नेपालमा सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले जेठ महिनाका लागि...

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति...

भारतीय पर्यटकलाई नेपाल प्रवेशमा कडाइ गरिएको छैन, भ्रामक समाचारको पछि नलाग्न बोर्डको आग्रह

भारतीय पर्यटकलाई नेपाल प्रवेशमा कडाइ गरिएको छैन, भ्रामक समाचारको पछि नलाग्न बोर्डको आग्रह

काठमाडौँ । नेपाल पर्यटन बोर्डले भारतीय पर्यटकहरूका लागि नेपाल भ्रमणमा...

डोङफेङद्वारा दक्षिण अफ्रिकामा पहिलो पाँच लाख मूल्यको ईभी एसयुभी नामी भिगो सार्वजनिक

डोङफेङद्वारा दक्षिण अफ्रिकामा पहिलो पाँच लाख मूल्यको ईभी एसयुभी नामी भिगो सार्वजनिक

काठमाडाैँ ।  हालसम्मको सबैभन्दा सस्तो पूर्ण इलेक्ट्रिक एसयूभी जिली E5/EX5...