काठमाडौं । माछापुच्छ्रे बैंकले विद्यार्थीलाई जाडोको न्यानो स्वेटर हस्तान्तरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उदयपुर जिल्लास्थित सिद्धवती माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई जाडोको न्यानो स्वेटर हस्तान्तरण गरेको हो ।
सिद्धवती माध्यमिक विद्यालयमा अध्ययन गर्ने अति निम्न परिवारका बालबालिकालाई २६५ थान स्वेटर वितरण गरेको हो ।
यसैगरी बैंकले जाडो मौसमलाई नै मध्यनजर गर्दै मधेश प्रदेश, पर्सा जिल्ला, जगन्नाथपुर गाउँपालिका अवस्थित जामिया कुलफा मदरशामा अध्ययनरत मुस्लिम समुदायका विद्यार्थीहरुलाई समेत ४० थान ब्ल्याङकेट हस्तान्तरण गरेको छ ।
माछापुच्छ्रे बैंकले हाल देशका ७ वटै प्रदेशमा, १६५ वटा शाखा कार्यालय, ११ वटा एक्सटेन्सन काउन्टर, १५७ वटा शाखारहित बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।
वि.सं.२०७९ माघ १६ सोमवार ०९:०२ मा प्रकाशित





























