back
CTIZAN AD

नायक दयाहाङ बने इसेवा मनी ट्रान्सफरको ब्राण्ड हिरो

वि.सं.२०७९ माघ १६ सोमवार

744 

shares

काठमाडौं । नेपालको सबैभन्दा ठुलो डिजिटल रेमिट्यान्स् कम्पनी इसेवा मनी ट्रान्सफरले कलाकार दयाहाङ राईलाई ब्राण्ड हिरोको रुपमा आवद्ध गरेको छ । यसअघि नायक राजेश हमाल पनि ब्राण्ड एम्बेसेडरका रुपमा इसेवा मनी ट्रान्सफरसँग आवद्ध रहेका थिए ।

राई इसेवा मनी ट्रान्सफरका युएईमा लगायत संसारका अन्य मुलुकमा रहेका साझेदारहरुसंँग मिलेर सम्पन्न हुने विभिन्न ‘मेरो डिजिटल देश’ अभियानका विभिन्न किसिमका प्रचार–प्रसार मुलक कार्यक्रममा सक्रिय रुपमा सहभागी हुने इसेवा मनी ट्रान्सफरले जनाएको छ ।

सो अवसरमा कलाकार राइले भने, ‘इसेवा मनी ट्रान्सफर जस्तो छोटो समयमा नै प्रगतिको शिखर चुम्न सफल रेमिट्यान्स कम्पनीसंग आवद्ध हुन पाउँदा म एकदमै खुशी र साथमा उत्साहित पनि छु । विदेश गएर काम गर्दै आउनुभएका दाजुभाई–दिदीबहिनी संग भेट्न पनि म आतुर छु, यसले मलाई एक नेपालीको रुपमा वैधानिक माध्यमबाट मुलुकमा रेमिट्यान्स भित्राएर देशको अर्थतन्त्रलाई उजागर गर्न थप जिम्मेवारी बोध गराएको छ ।’

यसैगरी कम्पनीका प्रमुख कार्यकारी अधिकृत अजेस कोइरालाले दयाहाङ राइको नेपालमा मात्र नभएर युएई र सारा संसारभरी नै फ्यान फलोइङ एकदमै राम्रो रहेको बताए । जसलाई कम्पनीको ब्राण्ड हिरो एम्बेसेडरको रुपमा आवद्ध गर्न पाउँदा खुसी लागेको बताए । इसेवा मनी ट्रान्सफरले वैधानिक माध्यमबाट आउने रेमिट्यान्स प्रवद्र्धनका लागि यो अभियान शुरु गरेको हो ।

वि.सं.२०७९ माघ १६ सोमवार ०९:१९ मा प्रकाशित

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

घट्यो सुनचाँदीको मूल्य

घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा घटेको छ ।...

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

काठमाडौँ । नेपालमा सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले जेठ महिनाका लागि...

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति...

भारतीय पर्यटकलाई नेपाल प्रवेशमा कडाइ गरिएको छैन, भ्रामक समाचारको पछि नलाग्न बोर्डको आग्रह

भारतीय पर्यटकलाई नेपाल प्रवेशमा कडाइ गरिएको छैन, भ्रामक समाचारको पछि नलाग्न बोर्डको आग्रह

काठमाडौँ । नेपाल पर्यटन बोर्डले भारतीय पर्यटकहरूका लागि नेपाल भ्रमणमा...

डोङफेङद्वारा दक्षिण अफ्रिकामा पहिलो पाँच लाख मूल्यको ईभी एसयुभी नामी भिगो सार्वजनिक

डोङफेङद्वारा दक्षिण अफ्रिकामा पहिलो पाँच लाख मूल्यको ईभी एसयुभी नामी भिगो सार्वजनिक

काठमाडाैँ ।  हालसम्मको सबैभन्दा सस्तो पूर्ण इलेक्ट्रिक एसयूभी जिली E5/EX5...