सर्लाही । सर्लाहीको बरहथवा नगरपालिका–१ का वीरवल गिरीले डिसहोममा १ वर्षको रिचार्ज गर्दा १ लाख रुपैयाँ पुरस्कार जितेका छन् ।
डिसहोमका एरिया सेल्स म्यानेजर राजेश ढुंगेल र गृहशोभा फर्निचर बरहथवाका म्यानेजर लालबाबु महतोले उनले जितेको उक्त रकम बराबरको चेक संयुक्तरूपमा हस्तान्तरण गरेका थिए ।
गिरीले डिस मिडिया लिमिटेडको बरहथवा एरिया डिलर गृहशोभा फर्निचरबाट एक वर्षको रिचार्ज गरेर यस योजनाको लक्की ड्रमा सहभागी भएका थिए । डिसहोममा १ वर्षको रिचार्ज गर्दा २४ महिना डिसहोम हेर्न पाइने योजना सञ्चालन रहेको छ । यस योजनाअन्तर्गत डिसहोम डीटीएचका ग्राहकहरूले नजिकैको डिलरकोमा गएर फण्ड ट्रान्सफरमार्फत १ वर्षको रिचार्ज गर्दा सो योजनामा सहभागी हुन पाउने व्यवस्था गरिएको छ ।
साथै यो अफर अन्तर्गत रिचार्ज गर्नेमध्ये हरेक हप्ता एक जना भाग्यशाली ग्राहकले ‘लक्की ड्र’ मार्फत नगद १ लाख रुपैयाँ जित्ने अवसर पाउनेछन् । लक्की ड्रको प्रत्यक्ष प्रसारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिसहोम रियालिटी टिभी, रमाइलो एचडी, सरोकार टिभी, नेपाः च्यानल र डिसहोम शोकेसमा हेर्न सकिने कम्पनीले मध्यान्हलाई जानकारी दिएको छ ।
वि.सं.२०७९ माघ १७ मंगलवार ०८:५३ मा प्रकाशित






























