back
CTIZAN AD

संगठनलाई नै अप्ठ्यारोमा पार्ने र छवि धमिल्याउने कार्य गलत हो–रविना थापा

वि.सं.२०७३ चैत २५ शुक्रवार

711 

shares

rabina-thapaएनआरएनए अमेरिकाको निर्वाचन जति नजिकिदै गएको छ विवादहरु पनि त्यति नै बढ्दै गएका छन । एकले अर्कोलाई आक्षेप लगाउने, पर्छाने, लछार्ने काम पनि पछिल्लोपटक तिब्र रुपमा देखिएको छ ।
यस्तो समस्यालाई बैचारिक रुपमा वार्ताद्धारा समाधान गरेर अगाडि बढ्नु व्यक्तिगत तथा संस्थागत हित हुने कुरा संस्थाकी उपाध्यक्ष तथा आउदो कार्यकाल २०१७-२०१९ का लागि अध्यक्षका प्रत्यासी रविना थापाले राखेकी छन् ।
उनले समाजको संरक्षण र विकास विश्वव्यापिकरणको महत्वपूर्ण आधार रहेको तर्क गर्दै संसारभर रहेका नेपालीलाई जोड्न संघ कोशेढुंगा सावित भएको बताएकी छन् ।
उनले भनेकी छन्,
‘आदरणिय अमेरिकाबासी गैर आवासिय नेपाली दाजुभाई तथा दिदीबहिनीहरु
एनआरएनए अमेरिका हाम्रो साझा संस्था हो। जुन नितान्त तपाई अनि हाम्रा लागि हो।एनआरएनए अमेरिका तपाइ हाम्रो पहिचानको लागि हो, अस्तित्वका लागि हो। हाम्रो आवाज परिचयलाई बुलन्द बनाई, हामीलाई एकै सुत्र जोड्न यो संगठन कोशेढुङ्गा साबित बनेको सर्वविदितै छ। हामीले यो बिर्सनु हुन्न कि यो हाम्रो समाजको संरक्षण, बिकास र विश्वव्यापीकरणको महत्वपुर्ण आधार हो।

हाल विश्वका ७५ मुलुकमा छरिएर रहेका हामी नेपालीहरुको एउटै सेतु नै एनआरएनए हो। हाम्रो पहिचान, शान तथा गौरवसंग सम्बन्धित यो संगठनमा हाम्रा कयौ सपना फक्रिरहेका छन्। मातृभुमिप्रतिको कर्तत्व्य पुरा गर्न एउटा महत्वपुर्ण माध्येम पनि आज आएर यसको अस्तित्व नै संकटमा पर्ने होकी भन्ने त्रास बढेको छ।

हरेक समस्याको समाधान पुर्वनिर्धारित हुन्छ, मात्र हामीले त्यसलाई सही ढंङ्गले खोज्न सक्नुपर्छ। बैचारिक विवादलाई वार्ताको माध्यमबाट र चित्त नबुझेका कुरालाई आपसी समझदारीमा सुल्झाउने कयौ प्रजातान्त्रिक पद्धति हुदाहुदै पनि केही व्यक्तिका निहित स्वार्थलाई परिपुर्ति गर्न निर्वाचन जस्तो लोकतान्त्रिक तथा प्रजातान्त्रिक विधि नै प्रभावित हुने प्रकारका गतिविधि हुनु आफैमा दुःखद पक्ष हो।

सामाजिक सञ्जालमा अफवाह फैलाएर यो सँस्थाको चुनावी वातावरण बिथोल्न खोज्ने, प्रचलित कानुनी दायरा तथा प्रावधान मिचेर जाने कोही कसैको पनि भलो हुन्न। निर्वाचन प्रजातान्त्रिक पद्धति हो र हरेक योग्य मतदाताको अधिकार पनि। एनआरएनए अमेरिकाको सम्मानित जुडिसियल कमिटीले सबैको सर्वसम्मतिमा गरेको निर्णयको अवहेलना गर्ने अधिकार सायदै कसैलाई होला।

यो संसार भरिको सरल र सर्वस्वीकार्य प्रक्रिया हो, आफ्नो नेतृत्व चुन्न पाउने। संगठनलाई नै अप्ठ्यारोमा पार्ने र छवि नै धमिल्याउने कार्य जोजसबाट भएपनि गलत हो।

संस्था व्यक्तिका लागि होइन समुदायका लागि हुनुपर्छ। सतहमा जे आयो, जस्तो विवाद आए पनि त्यो सबैलाई प्रजातान्त्रिक विधिबाट समाधान गरी अघि बढ्न सके मात्र संगठन बलियो हुन्छ। स्मरणयोग्य कुरा यो हो कि हामी यो संगठनका लागि बनेका होइनौ। यो संगठन हाम्रो लागि बनेको हो। तसर्थ निर्वाचन हुँदैन कि वा केही गैर कानुनी गतिविधि हुने हो कि भन्ने आशंकालाई थाती राखेर यो प्रश्न नै उठाउन आवश्यक छैन र नउठाउन अनुरोध गर्दछु।
बाहिर जे कुरा आए पनि, वर्तमान परिपेक्ष्यमा निर्वाचनको विकल्प नभएकाले तोकिएकै समयमा निर्वाचन हुनेमा हामी विश्वश्त छौ। निर्वाचनको तयारी पूरा भइसकेकाले कसैले चाहेर पनि निर्वाचन नबिथोल्नेमा हामी ढुक्क छौ। नियम संगत रुपमा असन्तुष्टलाई समेत चित्त नबुझेका पक्षमा संवादका माध्यमबाट निर्वाचनमा सहभागी गराउने वातावरण बनाउनेतर्फ गृहकार्य गर्ने नै आजको आवस्श्यक्ता हो र त्यो पहल समेत भएको अवस्थामा अन्यथा लिनु किमार्थ सहि हुँदैन।
अन्तमा आउँदै गरेको नेपाली नयाँ वर्षको उपलक्षमा तपाइहरु सबैलाई हार्दिक शुभकामना ब्यक्त गर्दछु।’

थापाको फेसबुकवालबाट लिइएको छ ।

वि.सं.२०७३ चैत २५ शुक्रवार ०४:१५ मा प्रकाशित

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नर्वे । नेपाली पोर्चुगिज समाज (नेपोस) नर्वेको आयोजनामा नर्वेको ओस्लोमा...

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

युएई । पर्बत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम...

अन्तर्राष्ट्रिय मञ्चमा उदाउँदै नेपाली प्रतिभा: उरुषा पाण्डे गिनिज वर्ल्ड रेकर्डतर्फ

अन्तर्राष्ट्रिय मञ्चमा उदाउँदै नेपाली प्रतिभा: उरुषा पाण्डे गिनिज वर्ल्ड रेकर्डतर्फ

काठमाडौं । नेपाली मोडल तथा अभिनेत्री उरुषा पाण्डे अन्तर्राष्ट्रिय स्तरमा...