back
CTIZAN AD

चुम्लुङ अमेरीकाको अधिवेशन अप्रिल २९ मा 

वि.सं.२०७३ चैत २५ शुक्रवार

738 

shares

kirat-chumlung-usaकिरात याक्थुङ चुम्लुङ अमेरीकाको छैटौं राष्ट्रिय महाधिवेशन यहि अप्रिल महिनाको २९ तारीक शनिवारका दिन स्थानिय न्यूयोर्क शहरको ज्याक्सन हाईटमा हुने भएको छ ।

गत फेब्रेवरी २० तारीक २०१७ का दिन बसेको कार्य समितिको बैठकले महाधिवेशन हुने मिति र स्थान तय गरेको कुरा संस्थाको महासचिव सुभद्रा लावतीले बताउँनु भएको छ । अप्रिल ५ भन्दा अगाडि नै गराई सक्नु पर्ने महाधिवेशनलाई बिशेष कारण बस करीब २५ दिन ढिलो गराउँनु पर्ने बाध्यता परेकोले साविकै कार्यसमितिको समय अवधि थपेर महाअधिवेशन संपन्न गर्ने निर्णय पनि सोहि २० तारीक बसेको समितिको बैठकले गरेको कुरा संस्थाका अध्यक्ष देवेन्द्र सोम्बाहाम्फेले  बताए ।

अमेरिकाको विभिन्न राज्यहरूमा बसोवास गर्ने लिम्बुहरूको उल्लेखनीय सहभागिता गराउँने कुराको जानकारी दिंदै, अध्यक्ष सोम्बहाम्फेले यो अधिवेशनले संस्थाको भावि कार्य दिशा तय गर्ने कुरा बताए । यसका लागि सबै लिम्बु दाज्युभाई तथा दिदीबहिनीहरूलाई एक ढिक्का भएर सहयोग गरी अधिवेशनलाई भव्यताका साथ सफल बनाउन अध्यक्ष सोम्बाहाम्फेले अपिल गर्नुभएको छ ।

अधिवेशनको सम्पन गराउँनका लागि केहि समितिहरू गठन गरिएको छ । संस्थाको कानुनी सल्लाहकार दुर्गा सुब्बाको संयोजकत्वमा सदस्यहरू करम ब. सुब्बा र बिनोद पोमु भएको एक विधान मसौदा समितिको गठन गरीएको छ । ब्यवस्थापनको जिम्मेवारी पुरै कार्यसमितिले लिएको छ । अधिवेशनको निर्वाचन समितिमा संस्थाको सल्लाहकार मुनिन्द्र नेम्बाङको संयोजकत्वमा सल्लाहकारद्दय बिक्रम नेम्बाङ र जोबिन लिम्बु सदस्य रहेको तिन सदस्यीय समितिको गठन गरिएको छ ।

वि.सं.२०७३ चैत २५ शुक्रवार ०४:३५ मा प्रकाशित

ओमानमा नेपाली उत्पादनको बजार विस्तार गर्ने समझदारी

ओमानमा नेपाली उत्पादनको बजार विस्तार गर्ने समझदारी

काठमाडौँ । नेपाली उत्पादन तथा सेवालाई खाडी मुलुक ओमानमा विस्तार...

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

बैतडी । बैतडीको पाटन नगरपालिका–४, जेउडेस्थित मसानि दलित आधारभूत विद्यालयका...

अमेरिकाको मेरिल्यान्डमा खुल्यो ‘बाजेको सेकुवा’, छुटसहित भव्य उद्घाटन हुने तयारी

अमेरिकाको मेरिल्यान्डमा खुल्यो ‘बाजेको सेकुवा’, छुटसहित भव्य उद्घाटन हुने तयारी

अमेरिकाको मेरिल्याण्ड तथा छिमेकी राज्यमा बसोबास गर्ने सम्पूर्ण नेपाली समुदाय...

रोमानियामा मृत्यु भएका दुई नेपालीको पहिचान खुल्यो

रोमानियामा मृत्यु भएका दुई नेपालीको पहिचान खुल्यो

काठमाडौं । रोमानियामा रेलको ठक्करबाट मृत्यु भएका दुई नेपाली युवाको...

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

अमेरिकाको टेक्ससमा परिवार सहित बसोबास गर्दै आएका दिल रसाइली विगत...

आरटीपी, नर्थ क्यारोलाइनामा ‘आरटीपी दशैं कप’ को तयारी सुरु

आरटीपी, नर्थ क्यारोलाइनामा ‘आरटीपी दशैं कप’ को तयारी सुरु

आरटीपी, नर्थ क्यारोलाइना । नर्थ क्यारोलाइनाको आरटीपी (Research Triangle Park)...