back
CTIZAN AD

पुरानै गठबन्धन ब्यूँताउने प्रयासमा प्रचण्ड, जसपा र एससँग थाले छलफल

वि.सं.२०७९ माघ २४ मंगलवार

975 

shares

काठमाडौं । सत्ता गठबन्धनमा किचलो भइरहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पुरानै साझेदार दलहरुलाई सरकारमा ल्याउने प्रयास गरेका छन् । प्रचण्डले जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एकीकृत समाजवादी)लाई तत्कालै सरकारमा सहभागि गराउने गरी तयारी थालेको बुझिएको छ ।

प्रचण्डले जसको लागि विश्वास पात्रमार्फत छलफल चलाइरहेको माओवादीका एक स्थायी समिति सदस्यले बताएका छन् । बताइएअनुसार एक/दुई दिनभित्रै टुंग्याउने गरी प्रचण्डले छलफल सुरु गरेका छन् ।

प्रचण्डले सरकार गठनको केही दिनमै जसपा अध्यक्ष उपेन्द्र यादव र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग हात्तिवनमा छलफल गरेका थिए । तत्कालिन समय एमाले अध्यक्ष केपी शर्मा ओलीको तिव्र असन्तुष्टिपछि प्रचण्ड पछि हटेका थिए ।

तर, नेपाली कांग्रेससहितका दलहरुले विश्वासको मत दिएपछि उत्साहित बनेका प्रचण्ड पुनः पुरानै साझेदार दलहरुलाई समेट्ने प्रयासमा लागेका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टी बाहिरिएपछि रिक्त मन्त्रालयमा प्रचण्डले जसपा र एसलाई समेट्न खोजेका हुन् ।

एमाले अध्यक्ष ओलीले रास्वपा र राप्रपालाई लिएर सत्ता गठबन्धनभित्र बेग्लै गठबन्धनको अभ्यास गरेका थिए । उनले दुई दलको बलमा प्रचण्डलाई थप अंकुशमा राखेका थिए । तर, पछिल्लो घटनाक्रमबाट बलिया देखिएका प्रचण्डले पछिल्लो प्रयास थालेका हुन् । उनले ओलीको दबाबलाई पनि वेवास्ता गर्दै जसपा र एसलाई सरकारमा ल्याउने तयारी गरेको बुझिएको छ ।

बताइएअनुसार प्रचण्डको तयारी पुरानै गठबन्धन ब्यूँताउनेमा पनि केन्द्रीत छ ।

वि.सं.२०७९ माघ २४ मंगलवार २०:२७ मा प्रकाशित

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागमती प्रदेश सभाका सदस्य...

बंगलादेशी राजदूतद्वारा वार्षिक नेपाल-बंगलादेश सांस्कृतिक आदानप्रदान कार्यक्रमको प्रस्ताव

बंगलादेशी राजदूतद्वारा वार्षिक नेपाल-बंगलादेश सांस्कृतिक आदानप्रदान कार्यक्रमको प्रस्ताव

काठमाडौँ ।– नेपालका लागि बंगलादेशी राजदूत महामहिम मोहम्मद शफिकुर रहमानले...

तीन दिनदेखि हराएका साढे दुई वर्षीय बालकको जंगलबाट सकुशल उद्धार

तीन दिनदेखि हराएका साढे दुई वर्षीय बालकको जंगलबाट सकुशल उद्धार

नवलपुर । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–१४, भागरबाट हराएका साढे दुई...

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

काठमाडौं। नेपाली अटोमोबाइल बजारमा नाडा अटो शो एउटा प्रदर्शनी मात्र...

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

काठमाडौँ | भारतीय अटोमोबाइल बजारमा आफ्नो उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि...

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

हेटौंडा । बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेसँगै...