Logo
१४ चैत्र २०७९, मंगलवार
     Tue Mar 28 2023
E-paper
  English Edition
   Unicode
Logo

माओवादी केन्द्रले बनायो अग्नि सापकोटा र पम्फा भुसाललाई उपाध्यक्ष



काठमाडौं । नेकपा माओवादी केन्द्रले पूर्व सभामुख अग्नि सापकोटालाई उपाध्यक्षमा चयन गरेको छ ।

सो पार्टीको बुधबार जारी सर्कुलर अनुसार सापकोटालाई उपाध्यक्ष बनाएसँगै यसअघि उपमहासचिव रहेकी नेतृ पम्फा भुसाललाई पनि उपाध्यक्षमा बढुवा गरेको हो ।

माओवादी केन्द्रको यसअघि बसेको स्थायी समिति बैठकमा सापकोटा र भुसाललाई उपाध्यक्ष बनाउने निर्णय भएपनि बुधबार सर्कुदलर जारी गरेको माओवादी कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिएका छन् ।

यसअघि नारायणकाजी श्रेष्ठ वरिष्ठ उपाध्यक्ष र कृष्णबहादुर महरा उपाध्यक्ष थिए भने सभामुख रहेका कारण सापकोटा पार्टीको कुनैपनि जिम्मेवारीमा थिएनन् । साथै वरिष्ठ उपाध्यक्ष श्रेष्ठ हाल उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रहेका छन् ।

सापकोटा उपाध्यक्षमा चयन भएसँगै माओवादी केन्द्रको पदाधिकारीको संख्या २२ पुगेको छ । साथै माओवादी केन्द्रले केही बैकल्पिक केन्द्रीय सदस्यहरु समेत थप गरेको बताएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सेसेल्स । नेपाल आफैमा प्राकृतिक सौन्दर्यताले भरपूर र विश्वको घुम्नैपर्ने देश मध्यको देशमा पर्छ

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य रू एक लाख नौ हजार तोकिएको

काठमाडौं । अमेरिकामा रहेर नेपाली समाजका लागि निरन्तररुपमा आर्थिक तथा सामाजिक रुपमा कलम चलाउँदै

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम