back
CTIZAN AD

माओवादी केन्द्रले बनायो अग्नि सापकोटा र पम्फा भुसाललाई उपाध्यक्ष

वि.सं.२०७९ माघ २६ बिहीवार

813 

shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले पूर्व सभामुख अग्नि सापकोटालाई उपाध्यक्षमा चयन गरेको छ ।

सो पार्टीको बुधबार जारी सर्कुलर अनुसार सापकोटालाई उपाध्यक्ष बनाएसँगै यसअघि उपमहासचिव रहेकी नेतृ पम्फा भुसाललाई पनि उपाध्यक्षमा बढुवा गरेको हो ।

माओवादी केन्द्रको यसअघि बसेको स्थायी समिति बैठकमा सापकोटा र भुसाललाई उपाध्यक्ष बनाउने निर्णय भएपनि बुधबार सर्कुदलर जारी गरेको माओवादी कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिएका छन् ।

यसअघि नारायणकाजी श्रेष्ठ वरिष्ठ उपाध्यक्ष र कृष्णबहादुर महरा उपाध्यक्ष थिए भने सभामुख रहेका कारण सापकोटा पार्टीको कुनैपनि जिम्मेवारीमा थिएनन् । साथै वरिष्ठ उपाध्यक्ष श्रेष्ठ हाल उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रहेका छन् ।

सापकोटा उपाध्यक्षमा चयन भएसँगै माओवादी केन्द्रको पदाधिकारीको संख्या २२ पुगेको छ । साथै माओवादी केन्द्रले केही बैकल्पिक केन्द्रीय सदस्यहरु समेत थप गरेको बताएको छ ।

वि.सं.२०७९ माघ २६ बिहीवार ०७:१३ मा प्रकाशित

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागमती प्रदेश सभाका सदस्य...

बंगलादेशी राजदूतद्वारा वार्षिक नेपाल-बंगलादेश सांस्कृतिक आदानप्रदान कार्यक्रमको प्रस्ताव

बंगलादेशी राजदूतद्वारा वार्षिक नेपाल-बंगलादेश सांस्कृतिक आदानप्रदान कार्यक्रमको प्रस्ताव

काठमाडौँ ।– नेपालका लागि बंगलादेशी राजदूत महामहिम मोहम्मद शफिकुर रहमानले...

तीन दिनदेखि हराएका साढे दुई वर्षीय बालकको जंगलबाट सकुशल उद्धार

तीन दिनदेखि हराएका साढे दुई वर्षीय बालकको जंगलबाट सकुशल उद्धार

नवलपुर । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–१४, भागरबाट हराएका साढे दुई...

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

काठमाडौं। नेपाली अटोमोबाइल बजारमा नाडा अटो शो एउटा प्रदर्शनी मात्र...

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

काठमाडौँ | भारतीय अटोमोबाइल बजारमा आफ्नो उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि...

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

हेटौंडा । बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेसँगै...