काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भेटवार्ता सकिएको छ । झण्डै दुई घण्टासम्म छलफलपछि ओली बालुवाटारबाट निस्किएका छन् ।
तर, निस्किएलगत्तै नेपाली कांग्रेसका नेताहरु बालुवाटार छिरेका छन् । चार दलीय बैठकका लागि कांग्रेस नेताहरु बालुवाटार छिरेका हुन् ।
केही बेरमा कांग्रेस, माओवादी, जनता समाजवादी (जसपा) र एकीकृत समाजवादीबीच बैठक बस्दैछ । यसअघि बिहान पनि राष्टपति र उपराष्ट्रपतिबारे छलफल गर्न चार दलको बैठक बसेको थियो ।
राष्ट्रपतिको उम्मेदवार चयनबारे ओली र प्रचण्डबीच कुरा मिल्न नसकेको बालुवाटार स्रोतले बताएको छ । अब चार दलबीच सहमति खोज्ने प्रयास हुनेछ ।
राष्ट्रपतिमा कांग्रेस र एकीकृत समाजवादीको दाबी छ भने उपराष्ट्रपतिमा जसपाको दाबी छ । दलहरुबीच पदसँगै पात्रको विषयमा पनि छलफल भइरहेको बताइएको छ । तीन दलले नेपाली कांग्रेसबाट राष्ट्रपति भए शेरबहादुर देउवा अगाडि आउनुपर्ने प्रस्ताव गरेका छन् ।
सम्बन्धित समाचार
कांग्रेसलाई राष्ट्रपति दिन तीन दल तयार, उम्मेदवार देउवा नै हुनुपर्ने
वि.सं.२०७९ फागुन १२ शुक्रवार १७:२८ मा प्रकाशित






























