back
CTIZAN AD

कविता : धैर्यको अग्निपरीक्षा

वि.सं.२०७९ फागुन २७ शनिवार

1.3K 

shares

बाबुराम न्यौपाने “उत्स“, दमक, झापा

जहाँसम्म चुलिन्छ
तेरो
शक्ति र सम्पन्नताको शिखर
जताततै भेटिन्छन्
पुष्पपथ सजाउदै
हात जोड्ने र गला मिलाउने
भक्तका ताँतीहरु
पागल भएर लाग्छ
सारा संसार तेरोपछि ।

हेक्का रहोस् मान्छे
जब थाल्छन्
अस्ताउन
शक्ति र सम्पन्नताका
तेजिला सूर्य
चिसिन थाल्छ
जीवनको रापिलो राप
जहाँ खस्छ
तेरो थाप्लोमा
दुःख र शोकको पहाड ।

अनि
निर्मम कोलाहलभित्र
निस्वार्थ
एकथोपा आँसु पुछ्ने हत्केला
कतै भेट्ने छैनस् ।

तेरोपछि लाग्ने भीड
अन्तै गुलामीमा व्यस्त रहनेछ
टेकेर काँडालुपथ
एक्लै बगाउँने छस्
एकान्त कुनामा
पीडाका नुनिला
अविरल अश्रुधारा ।

मात्र तेरो
आत्मबल र आत्मविश्वास
धैर्यको अग्निपरीक्षा लिनेछ ।

वि.सं.२०७९ फागुन २७ शनिवार ०८:५३ मा प्रकाशित

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...

झिल्का कविता

झिल्का कविता

भेष राज बञ्जाडे, बुटवल-१३, रुपन्देही १. एकछिन खुब मच्चिए आखिरमा...

कविता : कति हार्दिक छन्

कविता : कति हार्दिक छन्

इन्दिरा प्रयास, काठमाडौँ भन जीवन के कति मानवका अनुकूल कहाँ...