back
CTIZAN AD

पाँच मुक्तक

वि.सं.२०७९ फागुन २७ शनिवार

1.2K 

shares

शिव अधिकारी “इलामे जेठो“,इलाम

१.
हिमाल, पहाड बोल्दैन, मधेस बोल्दैन ।
विस्थापित भयो भाषा, भेष बोल्दैन ।
सत्तासीनले आफ्ना आफ्नै,डम्फू ठोकेपछि,
धराशायी भयो पूरै, देश बोल्दैन ।

२.
राजनीति संयन्त्र नै,यस्तो चलाउँछन् ।
चलाउँदा चलाउँदै, पूरै गलाउँछ्न् ।
आफ्ना विरुद्धमा कोही, बोल्ने आँट गरे,
मौका पर्नासाथ यहाँ, जिउँदै जलाउँछन् ।


जति गरुन् ओहोरदोहोर, तर सुध्रिदैनन् ।
यस्तै गरे परार पोहोर, तर सुध्रिदैनन् ।
चण्ड मुण्ड भई गर्छन्, द्वन्द्व जनतामाथि,
छ्याप्दै फोहोर माथि फोहोर, तर सुध्रिदैनन् ।


मेरो घर डाँडापरि, तिम्रो ओरी भयो ।
आगो, पानी ल्याउने निउमा, ओहोरीदोहोरी भयो ।
के भएर होला कुन्नि, फुत्तै तिमीबाट,
थाहै नदिई कहिले मेरो, मन चोरी भयो ।


सुन्नुहोस् न इष्टमित्र, कुहेको नि हुनसक्छ ।
किन खोल्नु अहिले छिद्र ? कुहेको नि हुनसक्छ ।
बारीभरि पँहेलपुर, फर्सी पाके पनि,
के जान्नु र भित्र शिघ्र, कुहेको नि हुनसक्छ ।

वि.सं.२०७९ फागुन २७ शनिवार ०८:५१ मा प्रकाशित

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...

झिल्का कविता

झिल्का कविता

भेष राज बञ्जाडे, बुटवल-१३, रुपन्देही १. एकछिन खुब मच्चिए आखिरमा...

कविता : कति हार्दिक छन्

कविता : कति हार्दिक छन्

इन्दिरा प्रयास, काठमाडौँ भन जीवन के कति मानवका अनुकूल कहाँ...