back
CTIZAN AD

संयुक्त राष्ट्रसङ्घद्वारा इरान–साउदी अरेबिया सम्बन्ध पुनः शुरु गर्ने सम्झौताको प्रशंसा

वि.सं.२०७९ फागुन २७ शनिवार

756 

shares

संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घले शुक्रबार साउदी–इरानबीच कूटनीतिक सम्बन्ध पुनःशुरु गर्ने सम्झौताको स्वागत गरेको छ । साथै यस प्रक्रियामा चीनले खेलेको भूमिकाको प्रशंसा पनि गरेको छ ।

“म महासचिवको तर्फबाट साउदी अरेबिया, इस्लामिक गणतन्त्र इरान र जनवादी गणतन्त्र चीनको संयुक्त त्रिपक्षीय समझदारीलाई स्वागत गर्न चाहन्छु, जसले आज बेइजिङमा इरान र साउदी अरेबियाबीच भएको सम्झौतालाई पुनःशुरु गर्ने घोषणा गरेको छ र दुई महिनाभित्र कूटनीतिक सम्बन्ध पूर्ववत्रुपमा अगाडि बढ्ने छ ।” संयुक्त राष्ट्रसङ्घका प्रवक्ता स्टेफेन डुजारिकले दैनिक प्रेस ब्रिफिङमा बताएका छन् ।

ओमान र इराकजस्ता अन्य देशले गरेको प्रयासको प्रशंसा गर्दै उनले भने, “महासचिवले हालैको वार्ताको आयोजना गरेकोमा जनवादी गणतन्त्र चीनको प्रशंसा गर्नुभएको छ ।” खाडी क्षेत्रको स्थायित्वका लागि इरान र साउदी अरेबियाबीचको “असल छिमेकी सम्बन्ध”लाई “आवश्यक” भनी वर्णन गर्दै डुजारिकले महासचिव “क्षेत्रीय वार्तालाई अझ अगाडि बढाउन र दिगो शान्ति र सुरक्षा सुनिश्चित गर्न” तयार रहेको बताएका छन् । (रासस/सिन्ह्वा)

वि.सं.२०७९ फागुन २७ शनिवार २०:०१ मा प्रकाशित

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७०० जना घाइते

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७०० जना घाइते

काराकास । भेनेजुएलामा बुधबार साँझ आएको शक्तिशाली भूकम्पमा कम्तीमा ३२...

द्वन्द्व सुरु भएयता ‘स्टेट अफ हर्मुज’ हुँदै ३६ वटा वस्तुवाहक जहाज आवतजावत

द्वन्द्व सुरु भएयता ‘स्टेट अफ हर्मुज’ हुँदै ३६ वटा वस्तुवाहक जहाज आवतजावत

पेरिस । इरानसँग सम्बन्धित द्वन्द्व सुरु भएयता सोमबार ‘स्टे«ट अफ...

केन्यामा इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका काम तत्काल रोक्न आदेश

केन्यामा इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका काम तत्काल रोक्न आदेश

नैरोबी  ।  केन्याले अमेरिकी सहयोगमा निर्माणाधीन इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका...