back
CTIZAN AD

‘एपान’को ५५औं अन्तराष्ट्रिय सम्मेलन काठमाडौंमा हुँदै

वि.सं.२०७९ फागुन २७ शनिवार

1.1K 

shares

काठमाडौं । एसिया प्यासिफिक एडभान्स नेटवकर्क(एपान)को ५५औं सम्मेलन काठमाडौंमा हुने भएको छ । आगामी सोमबार (फागुन २९गते) उक्त सम्मेलनको उद्घाटन हुने एपानले जानकारी दिएको हो । सम्मेलनको उद्घाटन सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले गर्ने जानकारी दिइएकोे छ ।

पाँच दिनसम्म सञ्चालन हुने उक्त सम्मेलन नेपालमा पहिलो पटक आयोजना हुन गइरहेको आयोजकले जनाएको छ । सो सम्मेलनमा एसिया प्रशान्त क्षेत्रका १७ देशका प्रतिनिधिहरु सहभागि हुनेछन् ।

उक्त सम्मेलनको आयोजनाको मुख्य संयोजन नेपालका सूचना प्रविधि सम्वन्धि संस्थाहरुको सहयोग र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयसंगको सहकार्यमा नेपाल रिसर्च एण्ड एजुकेशन नेटवर्क(एनरेन)ले गर्ने जनाईएको छ ।

एपान के हो ?
एपान एसिया प्रशान्त क्षेत्रका १७ देशका राष्ट्रिय अनुसन्धान तथा शैक्षिक सञ्जाल संस्थहरुको सहकार्यमा स्थापित संस्था हो । जसले सूचना तथा सञ्चार प्रविधिका क्षेत्रमा विभिन्न अनुसन्धान र सहकार्य गर्दै आएको छ । एपानले विगत २५ वर्षदेखि एसिया प्रशान्त क्षेत्रका राष्ट्रिय अनुसन्धान तथा शैक्षिक संस्थाहरुको संयोजन तथा विभिन्न देशका वैज्ञानिक अनुसन्धान, नवप्रवर्तन, र विभिन्न विश्वविद्यालयहरुसंगको सहकार्यमा हरेक वर्ष दुईवटा अन्तराष्ट्रिय सम्मेलन यस क्षेत्रका विभिन्न राष्ट्रहरुमा आयोजना गर्दै आएको वताइएको छ ।

कसरी चल्छ सम्मेलन ?
फागुन २९ देखि चैत्र तीन गतेसम्म चल्ने उक्त सम्मेलन अवधिभर ५५ वटा भन्दाबढी सेसनहरु सन्चालन हुनेछन् भने १५५ भन्दा बढी प्रतिनिधिले शिक्षा, सूचना प्रविधि, वैज्ञानिक अनुसन्धान लगायतका विभिन्न विषयमा केन्द्रित रहि प्रस्तुती दिने आयोजकले जनाएको छ । उक्त सम्मेलनमा चार जनाले मुख्य वक्ताको रुपमा सम्बोधन गर्ने पनि आयोजकले जनएको छ ।

हेर्नुहाेस प्रेस-विज्ञप्ति

यो पनि हेर्नुहोस्

करौडौं लगानीका डाटा सेन्टर तर, छैन नियामक निकाय

 

 

 

 

 

वि.सं.२०७९ फागुन २७ शनिवार २१:२२ मा प्रकाशित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...

काठमाडौँ उपत्यका भित्र सार्वजनिक यातायातमा प्रविधिको निगरानी

काठमाडौँ उपत्यका भित्र सार्वजनिक यातायातमा प्रविधिको निगरानी

काठमाडौँ । काठमाडौँ उपत्यकामा सञ्चालन हुने सार्वजनिक सेवाका सवारीसाधनलाई थप...

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले फिफा विश्वकप २०२६ का खेलहरु...

कोशी प्रदेशलाई आईटी हब बनाउन ’काठमाडौँ–विराटनगर डिजिटल कोरिडोर’ को मार्गचित्र सार्वजनिक

कोशी प्रदेशलाई आईटी हब बनाउन ’काठमाडौँ–विराटनगर डिजिटल कोरिडोर’ को मार्गचित्र सार्वजनिक

विराटनगर । नेपालको प्रविधि क्षेत्रलाई विकेन्द्रित गर्ने लक्ष्यका साथ एक...

मोबाइल उद्योगको विकासमा क्यान र एनएमडिएबीच सहकार्य, ‘ग्रे मार्केट’ नियन्त्रणमा संयुक्त पहल

मोबाइल उद्योगको विकासमा क्यान र एनएमडिएबीच सहकार्य, ‘ग्रे मार्केट’ नियन्त्रणमा संयुक्त पहल

काठमाडौँ । नेपालको सूचना प्रविधि तथा मोबाइल व्यवसाय क्षेत्रका दुई...