काठमाडौं । माओवादी घटका पार्टीले आज गर्ने भनिएको नागरिक अगुवा र बुद्धिजीवीसँगको माओवादी घटकको अन्तरक्रिया स्थगित स्थगित भएको छ।
छलफल कार्यक्रम स्थल व्यवस्थापन हुन नसक्दा स्थगित गर्नु परेको माओवादी केन्द्रको केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले जानकारी दिए।
सर्वोच्च अदालतले युद्धकालिन मुद्धालाई नियमित प्रक्रियावाट हेरे पछि माओवादी घटकले आपत्ति जनाउँदै आएका छन् । सोहीबारेमा यसअघि गत २६ गते बसेको माओवादी घटकका पार्टीहरुको बैठकले पत्रकार सम्मेलन र अन्तरक्रिया गर्ने घोषणा गरेका थिए ।
गत २८ फागुनमा संयुक्त पत्रकार सम्मेलन गरेका माओवादी घटकले मंगलबार गर्ने भनिएकाे नागरिक अगुवा तथा बुद्धिजीविहरुसँग छलफल र अन्तरक्रिया गर्ने अन्तिममा स्थगित गरेका हुन ।
वि.सं.२०७९ फागुन ३० मंगलवार ११:४९ मा प्रकाशित






























