back
CTIZAN AD

कविता : म कृषक

वि.सं.२०७९ चैत ४ शनिवार

1.3K 

shares

टङ्कबहादुर आलेमगर, त्रियुगा, उदयपुर

म कृषक
म हलो जुवा र फालीले उधिनेको सियो ।

रहर
सहकाल भित्राउने ।

हत्केलोलाई ठेलोहरूले बिर्से पछि
पेट रमाउदैन
कुँइकी रहन्छ तीतेआन्द्रो
धुरुधुरु रुन्छन्
बाजेका शङ्खचक्र छाप लाग्या
ढुङ्गे गारोहरू
यस्तै
म फत्फताइरहे छु
शब्द नारा उचालेर ।

ब्वङ्ग फूटछ यात्रा
मेरो घर बाट निस्केका खाली ट्रकहरूले
सीमानामा प्रवेश शुल्क बुझाउदै गर्दा ।

म कृषक
म एकहल गोरु ।

धमिलो पहिचान
हराउदै गएका भकारो ।
डिएपी युरियाले माया लाएका बारीहरू
खेतका आलीहरू
छिप्पु लाग्छन् अनुहार
कोरीबाटी गर्ने हातहरूले
परदेशको सुविधा टिपे पछि ।

दम रोगी आमाले …
अक्सिजन नपाए जस्तै
हरेक वर्ष रुन विवश
विविध अभावमा
जेनतेन चलेको कृषि प्रधानको लोगो ।

म कृषक
म अन्नबाली, फलफूल, सागसब्जी ।

कामना गरिरहन्छु
सधैँ तपाईंको पाककोठामा पुगिरहन पाउँ
हरेक गाँसमा स्वदेशी स्वाद दिरहन पाउँ
माग्नु नपरोस् छिमेकीसँग
एकआँग लुगा र एकपेट सन्तुष्टि ।

म कृषक
म पसिना ।

हरेक बुँद यही माटोमा खसिरहोस्
तपतप तपतप ।
म तपाईंको आवश्यकताबाट उब्रेर
विदेशीका इच्छा हुन पाउँ ।

म कृषक
म भकारी र आगनमा हाँसीरहेको धेरै कवले थाङ्ग्रो ।

 

वि.सं.२०७९ चैत ४ शनिवार ०८:४६ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...