सुमित्रा श्रेष्ठ, बौद्ध, काठमाडौँ
ढोगे चरण
सम्पूर्ण आमालाइ
कोटि नमन ।१
माता जननी
कसरी कहु खै म
तिम्रो कहानी ।२
आँसु पोखियो
मुटु पोल्यो यादले
सासै रोकियो ।३
दुखै दुखले
बितेन कुनै दिन
चैन सुखले ।४
भुली आफन्त
वस्नुपर्ने रहेछ
बाधी मन त ।५
सबै कजाइ
बस्नुपर्ने सदैब
घरै सजाइ ।६
दियौ सहारा
कसो गरि तिरुला
दूधको भारा ।७
खप्नै परिगो
उस्तै उस्तै बेदना
आमा छोरिको ।८
नाति स्याहारी
छोरी जस्तै ठान्नु है
घर्कि बुहारी ।९
मायाको जालो
आमा हास्दा मुसुक्क
घरै उजेलो ।१०
बाचौ खुलेर
सेवा गरौ आमाको
मर्म बुझेर ।११
वि.सं.२०७९ चैत ४ शनिवार ०८:४७ मा प्रकाशित






























