back
CTIZAN AD

सुसेली

वि.सं.२०७९ चैत ४ शनिवार

912 

shares

सुमित्रा श्रेष्ठ, बौद्ध, काठमाडौँ

ढोगे चरण
सम्पूर्ण आमालाइ
कोटि नमन ।१

माता जननी
कसरी कहु खै म
तिम्रो कहानी ।२

आँसु पोखियो
मुटु पोल्यो यादले
सासै रोकियो ।३

दुखै दुखले
बितेन कुनै दिन
चैन सुखले ।४

भुली आफन्त
वस्नुपर्ने रहेछ
बाधी मन त ।५

सबै कजाइ
बस्नुपर्ने सदैब
घरै सजाइ ।६

दियौ सहारा
कसो गरि तिरुला
दूधको भारा ।७

खप्नै परिगो
उस्तै उस्तै बेदना
आमा छोरिको ।८

नाति स्याहारी
छोरी जस्तै ठान्नु है
घर्कि बुहारी ।९

मायाको जालो
आमा हास्दा मुसुक्क
घरै उजेलो ।१०

बाचौ खुलेर
सेवा गरौ आमाको
मर्म बुझेर ।११

वि.सं.२०७९ चैत ४ शनिवार ०८:४७ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...