back
CTIZAN AD

पाँच मुक्तक

वि.सं.२०७९ चैत ४ शनिवार

939 

shares

निर्मल रमण पराजुलि,सामाखुशी, काठमाडौँ

(१)
देश छोडेर बिदेश तिर, पाईलाहरु चाल्दैछु म
पसिना बेचेर पर्देशमा, घरको चुल्हो बाल्दैछु म
चर्को घाम जोखिम काम, साहुको गाली खाँदै
बर्षौं देखि यसै गरि, जहान बच्चा पाल्दैछु म …

(२)
सालै पिच्छे यती उति, भन्दै उमेर गन्दागन्दै
आफ्नै आयु घटिराछ, आज भोली भन्दाभन्दै
पत्तो छैन कहाँ अनि, कति बेला प्राण जाने
बिदा हुनुपर्छ एकदिन्, जिउने बाटो खन्दाखन्दै …

(३)
जिउदो हुँदा नहेर्ने सन्तान, मरेको दिन हेर्न आउनेछन्
सबै जना भेला भई वरिपरी, मलाई घेर्न आउनेछन्
बाँचुञ्जेल एकैसरो टालो, सम्म नदिने सन्तानहरु
जनैको साचों खोज्ने निहुँमा, कात्रोले बेर्न आउनेछन्…

(४)
भोक लाग्दा खाना छैन, छैन बस्ने घर
घाम अस्ताउँछ राती हुन्छ, लाग्न थाल्छ डर
बाबु आमा छैनन् मेरा, मायाँ गरि पाल्ने
मेरा लागि सडक बाहेक, छैन केहि भर…

(५)
निष्पट्ट यो जिन्दगीमा, तिम्ले प्रेमदीप बालेपछि
मेरो साथमा सँगै जिउन, तिम्ले पाईला चालेपछि
कति खुशी भयो जीवन, भनि साध्य कहाँ छ र
मेरो घरमा तिम्रा हातका, चुरा बज्न थालेपछि …

 

वि.सं.२०७९ चैत ४ शनिवार ०८:४८ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...