back
CTIZAN AD

लघुकथा : अप्रत्यक्ष उपनिवेश

वि.सं.२०७९ चैत ४ शनिवार

810 

shares

डा. विदुर चालिसे, काठमाडौँ

बकबास कथाको चरित्र चित्रण लघुकथाभित्र भइरहेको थियो । नाङ्गै सडकमा बौलाहा बनेर हिंडिरहेको सडक छाप नागा जगतेले जगात माग्दै करायो ।

‘प्रधानमन्त्री आयो ! आयो !! गयो !’

‘गयो ! गयो !! आयो प्रधानमन्त्री ! अर्थात् आयाराम गयाराम आउने जाने सबै हराम !’

दोब्रिएर लखतरान परेको जगतेले चाउरिएको मरिचको बखान गर्न लाग्यो । उसको आफ्नै आङ छाम्यो । गोडा सुम्सुम्यायो । निधार खुम्च्यायो । आँखा तन्कायो। उसले एकाएक मानसिक असन्तुलनमा सम्झ्यो ।
‘मरिचको गेडो !’

मरिचको जातै पिरो, आकारमा साह्रै सानो, प्रकारमा ज्यादै नै हलुको, राग निकैचर्काे, खपटे परेको, छाला सुकेको, जिरिङ्ग परेको, कालो अङ्गार झैं मरिचको गेडो व्यवहारमा साह्रै पिराहा थियो । जगतेले मरिचको गुण सम्झ्यो ।
‘यो त पैतालादेखि तालुसम्मको सर्दीको ओैषधी ।’

एकदिन सर्दी लागेको जोगीले मरिच खोज्न हिमालय पर्वतको छेउमा पुगेर भोले नाथसँग सोध्यो ।

‘मरिच र रिचमा के फरक छ ?’

‘एकजना मान हो, अर्काे म्यान हो !’

‘जात त उस्तै हो, तर स्वभाव फरक छ !’

‘भनाईको मतलब !’

‘उहिलेको मरिचले नाकाबन्दी सहन्थ्यो । अहिलेको रिचले मुखबन्दी भोग्छ, यही हो मतलब !’

जोगीलाई भगवानले गिल्ला गरेकोझैं लाग्यो । उसको कन्सिरी तातेर आयो । एक झोकमा उसले भगवानलाई निर्णय सुनायो ।

‘अप्रत्यक्ष उपनिवेश !’

त्यसपछि पागल जगते प्रधानमन्त्रीलाई पुजा गर्न एक पत्थर उभ्याएर भन्न थाल्यो ।

‘यही हो, जोगीको महादेवरूपी लिङ्ग !’

अचेल शिवलिङ्गबाट एक एक थोपा रगत पो तुर्किन थाल्यो ।

‘धम्की नदिए हुन्छ !’

वि.सं.२०७९ चैत ४ शनिवार ०८:४९ मा प्रकाशित

फोनको घण्टी

फोनको घण्टी

बस्, अहिले त एउटा घरको कोठामा बैश सकिएका श्रीमान् र...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा चाँडोचाँडो रिसाउने छ ,निकै तिम्रो...

गजल

गजल

बिमला चन्द सानू बैतडी हाल : काठमाडौं बद्लिन्छ रूप रेखा...

गजल

गजल

एलपी पराजुली, काठमाडौँ मुस्कान तिम्रो गजब छ नानी बन्दै दिवानी...

गजल

गजल

रमा खतिवडा मैनशिखा, पोखरा  पिरोल्दै छ दिलभित्रको खतले म घायल...

सुसेली

सुसेली

सारिका बलामी ग्रीनहिल स्कुल दक्षिणकाली कक्षा ६ बन सुतली मेरी...