back
CTIZAN AD

कविता : सहर आउन छाडेछ

वि.सं.२०७९ चैत ४ शनिवार

882 

shares

डा. पदमराज कलौनी ‘पराक्रम’
महालक्ष्मी, ललितपुर

अजम्बरी सौन्दर्यका प्रतीकहरू
अजरका चरणमा चढाउछन्
कोमल सुन्दर फूल क्षतविक्षत हुन्छन्
घामपानीको अभावमा सुक्छन्
तापले लत्रक्क लत्रिन्छन्
पारिजात बाहेक फूल झर्नै पाउन्नन्
सौन्दर्यमा टिपिने फूलहरु
वर माग्न बली चढ्छन्
बीउमा परिणत हुन पाउन्नन्
नियति गजबको छ फूलको
कहीँ विजेतामा चढ्छन्
कहीँ पूरूषार्थमा चुलिन्छन्
कहीँ लाशमा सजाइन्छन्
मालीले सन्तानझैँ हुर्काइएका फूल
मालीले वध गर्न तम्सिन्छ
हावाको स्पर्शले खितखिताउने
पत्रपत्रमा उनिन्छन्
सरकारी कामकाज लिन लाइन लागेजस्तरी
फूल झरेको कोपिला हेर्छ
फूलले कोपीला हेर्छ
वसन्त ट्युसन पढाउने मास्टर जस्तो
पास गर्न गारेन्टी दिए जस्तो
पालुवालाई फूल्न सिकाउँछ
भमरा पराग सेचन गर्छ
कसैले बलात्कृत भन्दैनन्
चोखो मानेर चढाउछन्
चिकित्सकले बाँझीलाई
वीर्यसेचन गरेझैँ
कति सिपालु छ वसन्त
वृक्ष वृक्ष नफुलेको कहाँ छ
जवानीको उन्माद चढाउछ
मायालु वसन्त सहर आउन छाडेछ ।

वि.सं.२०७९ चैत ४ शनिवार ०८:५१ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...