Logo
१४ चैत्र २०७९, मंगलवार
     Tue Mar 28 2023
E-paper
  English Edition
   Unicode
Logo

पाँच मुक्तक



लक्ष्मी स्मृति,बिराटनगर


बाहेक केहि थान अस्तु के छ मसँग
लगाउने गरी पनि दस्तु के छ मसँग
घरि घरि फर्किएर नियालेको देख्छु
नहेरि नहुने त्यस्तो वस्तु के छ मसँग ।


गुपचुप गुपचुप पाईला चाल्छन्, बचाउन छाडेर
नभएको रडाको मात्र उछाल्छन्, बचाउन छाडेर
छेउमै भयानक दुर्घटना होस् चिच्याउन् मान्छे,
बरु भिडियो बनाउन थाल्छन्, बचाउन छाडेर ।


किन बनाईयो यसरी बेचारा मन चसक्क दुख्छ
कहाँ होलान ति गुलिया नारा मन चसक्क दुख्छ
मान्छे भित्र मानवता दिनानुदिन हराईरहेको बेला
पशुले दिएको देख्दा साहारा मन चसक्क दुख्छ ।


छैन कुनै जायजेथा पनि खोई कसरी पो फेर्नु होला
खोटो छ भाग्य भन्छन् कस्तो कस्तो सगुन बेर्नु होला
बनाउन मन छ मलाई अलग्गै पहिचान यहाँ एउटा,
बाटाभरी कति जिन्दगी छन् कुन जिन्दगी हेर्नु होला ?


उल्फतको धन झैँ कुपनमा कति राख्छौ
आउँ कि म नआउँ दोमनमा कति राख्छौ
बैशाख बित्यो, मंसिर पनि त्यसै बितिरहेछ
कल्पनाको मात्र लगनमा कति राख्छौ ?


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिपरिषद् विस्तारको अन्तिम तयारीमा जुटेका छन् । सत्तारूढ

काठमाडौं । अमेरिकामा रहेर नेपाली समाजका लागि निरन्तररुपमा आर्थिक तथा सामाजिक रुपमा कलम चलाउँदै

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम