back
CTIZAN AD

पाँच मुक्तक

वि.सं.२०७९ चैत ४ शनिवार

870 

shares

लक्ष्मी स्मृति,बिराटनगर


बाहेक केहि थान अस्तु के छ मसँग
लगाउने गरी पनि दस्तु के छ मसँग
घरि घरि फर्किएर नियालेको देख्छु
नहेरि नहुने त्यस्तो वस्तु के छ मसँग ।


गुपचुप गुपचुप पाईला चाल्छन्, बचाउन छाडेर
नभएको रडाको मात्र उछाल्छन्, बचाउन छाडेर
छेउमै भयानक दुर्घटना होस् चिच्याउन् मान्छे,
बरु भिडियो बनाउन थाल्छन्, बचाउन छाडेर ।


किन बनाईयो यसरी बेचारा मन चसक्क दुख्छ
कहाँ होलान ति गुलिया नारा मन चसक्क दुख्छ
मान्छे भित्र मानवता दिनानुदिन हराईरहेको बेला
पशुले दिएको देख्दा साहारा मन चसक्क दुख्छ ।


छैन कुनै जायजेथा पनि खोई कसरी पो फेर्नु होला
खोटो छ भाग्य भन्छन् कस्तो कस्तो सगुन बेर्नु होला
बनाउन मन छ मलाई अलग्गै पहिचान यहाँ एउटा,
बाटाभरी कति जिन्दगी छन् कुन जिन्दगी हेर्नु होला ?


उल्फतको धन झैँ कुपनमा कति राख्छौ
आउँ कि म नआउँ दोमनमा कति राख्छौ
बैशाख बित्यो, मंसिर पनि त्यसै बितिरहेछ
कल्पनाको मात्र लगनमा कति राख्छौ ?

वि.सं.२०७९ चैत ४ शनिवार ०८:५२ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...