Logo
१४ चैत्र २०७९, मंगलवार
     Tue Mar 28 2023
E-paper
  English Edition
   Unicode
Logo

कथा : सुझबुझ



अनुराग अरुण, ललितपुर

आफ्नो निर्णय परिवर्तन गर्दै संजयले भन्छ, ‘भो बा ! खेत नबेच्नुस् । म अष्ट्रेलिया पढन जान्न ।’

छोराको मुखबाट यसो सुनेर बाले सोध्छ, ‘किन ?’

‘हाम्रा बाजेले दुखजिलो गरेर अर्जेको खेत नबेचौं । यहि खेतको अन्नले हामी बाँचेका छौं । जसोतसो हाम्रो जीविका चलेको छ । हाम्रो बाँच्ने आधार नरहे पछि, भोलि के खाने, बा ?’

‘तिमी अष्ट्रेलिया गएर कमाएर यस्तो खेत फेरि किन्न सकिहाल्छ नि बाबू ।’ बुबाले सम्झाउदै भन्छ ।

छोराले भन्छ, ‘बा ! मान्छेको जीवनको ठेगान छैन । आज चल्ला किनेर, भोलि कुखुरा ओथारो बसेर चल्ला काढेको कल्पनाको कुरा नगर्नुस् । भोलि केही भै दिए । हाम्रो गाँस बास उठछ, सर्वस्थ गुम्छ, बा ।’

‘तेसो नभन । खुरुक्क पढन जा, अष्ट्रेलिया !’

‘हैन बा ! म बिदेश जान्न । भोलि हजुरको स्याहार सुसार कस्ले गर्छ ? विरामी पर्दा औषधि कस्ले खुवाउछ ? कमाउन विदेश जानै पर्दैन । यही मजाले कमाउन सकिन्छ । काम गर्न लाज पो मान्नुहुन्न । पढ्नेलाई जहाँ पनि राम्रो छ । नेपालको शिक्षा, कुनै देशको भन्दा कम्ता छैन ।’

छोराको कुरा सुनेर बुबा सोंच मग्न हुन्छ । बुबाले विदेश जान कर गर्छ । छोरा, पुर्खौली जग्गा बेच्न चाहदैन । छोराको नजाने अडान देखेर भन्छ, ‘हेर ! सोहन, अष्ट्रेलिया गएर कमाएर उस्को बाउले कस्तो अलिसान घर बनाएको छ । बाउ कार चढेर हिड्छ । तँ पनि पढ्न जा । धेरै कमा । हाम्रो जीवन अझै सुखी बना बाबू ।’

‘अरुको सुख हेरेर हामी खुशी हुनुपर्ने आवस्यकता छैन, बा ! सोहनले विदेशमा कसरी कमाइरहेको छ ? यो कहिले बुझ्नु भएको छ ? तपाईले उस्को घर र गाडी मात्र हेरेर, सजिलै धनी बनेको भन्दिनु भो ।’

अन्ततः छोराको जिद्धी अगाडि बाबुको केही सीप लाग्दैन । संजय जेहन्दार विद्यार्थी भएकोले नेपालमै इञ्जिनियरिङ पढन थाल्छ । पढेर, आज नेपालको ठूलो कन्ट्रक्सनमा जागिर खाँदैछ । आफ्नो कमाइले सुन्दर घर र गाडी अर्जेको छ ।

यसरी समय बित्दै जान्छ । एकदिन बिहान छिमेकी सोहनको घरमा मान्छेहरु ओइरिएको देखेर के भएको हो भनेर बुझ्न जान्छ । वरिपरिका मान्छेलाई सोध्छ, ‘के भएको हो ?’ आफ्नो बालसखा सोहन ! अष्ट्रेलियामा समुन्द्रमा डुबेर मरेको सुन्ना साथ दुखित हुन्छ । घर आएर बुबा आमालाई यो सुनाउछ । केही सालपछि ऋण नतिरेर सोहनको घर र गाडी बैंकले लिलाम गर्छ । उनिहरुको सडकको बास हुन्छ ।

चिया पसलमा बसेर बुबाले आफ्नो दौतरीहरुसंग कुरा गर्दैछ, ‘धन्य मेरो छोरा विदेश जान मानेन । यदि उ गएको भए । आज बुढेसकालमा हाम्रो स्याहार सुसार गर्ने, विरामी पर्दा अस्पताल लैजाने र औषधि खुवाउने मान्छे हुन्थेन । आज हामी घर न घाटका हुन्थ्यौं । बरु सुन चाँदी बेच्नु, तर पुर्खौली खेतवारी कहिले बेच्नु हुँदैन, पाप लाग्छ ।’

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिपरिषद् विस्तारको अन्तिम तयारीमा जुटेका छन् । सत्तारूढ

काठमाडौं । अमेरिकामा रहेर नेपाली समाजका लागि निरन्तररुपमा आर्थिक तथा सामाजिक रुपमा कलम चलाउँदै

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम