
ताराप्रसाद चापागाईँ, धुनिबेसी, धादिङ्ग
१.
समयको भुमरीमा रुमलिँदैछ मन
भरपर्दाे कोही छैन सुम्पिनलाई तन ।
२.
आफ्नैबाट शुरु भयो पक्षपातका कुरा
लुकीछिपी प्रहार भयो विश्वासघातको छुरा ।
३.
कहिले काहीँ समयले नसोचेको जुराउँछ
आँसुमा डुवेको जीवन सुखीमा पुराउँछ ।
४.
कोही मान्छे जीवनमा हुने गर्छन् खास
जति टाढा भए पनि आउँछ आभास ।
५.
निराशाको कुरा छोड्नु आशा जगाउनु
सुन्दर फूल झैँ तिमी मगमगाउनु ।