
सरस्वती तिवारी, नवलपरासी
आमाको जन्मदिन दिदी बहिनी बसेर आमाको महत्व कुरा गरेउ । मैले भने, ‘आमाको गुणोभावमा अमृत पाइन्थ्यो । उहाँले आफ्ना हातको औजारहरुबाट बिश्वासका रेखाङ्गकित कोरेर जीवनको दर्शन दिनु भयो । उहाँ हामीलाई प्राण दिने सक्षत प्रमात्मा हुनुहुन्छ । जिउदो देबी हुनुन्छ ।’
दिदिले कुरा थप्दै भनिन्, ‘हो नि, आमाबाट हामीले प्राप्त हरेक ज्ञानोभावमा संस्कार, पहिचान, दया, धर्म, कर्म र विश्वासहरु पाएकी थियौ र पाइरहेका रहेछन् । यी सबै सिकाउने हाम्री आमा मेरी प्रथम गुरु हुन् ।’
आजपनि हाम्रा हरेक दुखमा दौडदै आउनु हुन्छ । बुढी मान्छे सकिनसकि सघाउनु हुन्छ सल्लाह दिनुहुन्छ । हामी दुखि हुदा फकाउनु हुन्छ, कमजोर हुँदा साहास दिनुहुन्छ । साच्चै हाम्री आमा हरेक अवस्थामा साथ दिने साथी हुनुहुन्छ ।
हामी दुवै सन्तानले आमाबाट पाएका हरेक सबल पक्ष र निर्बलपक्षको तुलानात्मक ज्ञानका वारेमा एक एक शब्द केलाई रहेका थियौ ।
निचोड आमाको अर्थ के ? दुबैको जवाफ फर्कियो, ‘जगत जनन ।’