back
CTIZAN AD

अमेरीकामा गिरीजावावुको १३ औं स्मृती दिवस मनाइयो

वि.सं.२०७९ चैत ८ बुधवार

1.3K 

shares

अमेरिकामा स्वर्गीय नेता गिरीजाप्रसाद कोइारालाको सम्झना गरिएको छ । गिरिजाप्रसाद कोइराला फाउण्डेसन न्यूयोर्क च्याप्टरले २१ मार्च २०२३ का दिन कार्यालय उड्साईड न्युयोर्कमा १३ औं स्मृती दिवस मनाएको छ ।

स्वर्गीय गिरीजा प्रसाद कोईरालाको १३ औं स्मृती दिवसमा उनको सम्झना गर्दै द्विप प्रज्वलन र गिरिजा वावुको तस्विरमा माल्यार्पण गरेर उपाध्यक्ष शुवर्ण लामाले कार्यक्रमको सुरुवात गरेका थिए ।

फाउण्डेसनका महासचिव छिरिंग राप्के लामा, प्रवक्ता एवं कार्यसमिति सदस्य रामचन्द्र अधिकारी, नेकां युवा नेता विजय थुलुंग, समाजसेवी निमा तामांग, डोमा शेर्पा लगायतको उपस्थिती रहेको सो अवसरमा स्व गिरिजाप्रसादले नेपाली राजनितीमा दिएको योगदान र शान्ती प्रकृया एवम् समसामयिक राजनैतिक परीवेशको वारेमा स्मरण गरिएको थियो ।

उपाध्यक्ष्य सुवर्ण लामाले नेपालमा राणाशासन देखी गणतन्त्र स्थापना गर्दासम्म आफ्नो सारा जीवन देश,जनता र क्रान्तीको लागी समर्पित गरेका कोइराला एक अद्वितीय राजनितीज्ञ भएको भनाइ राखेका थिए।

युवा नेता विजय थुलुंगले उनी साँच्चीकै नोवेल शान्तीपुरस्कारको हकदाता भएको तर विश्वमंचमा उचित लवी र प्रचारको कमीले सो अवसर गुमेको धारणा राखेका थिए ।

त्यस्तै प्रवक्ता रामचन्द्र अधिकारीले अहिले नेपालले उनीजस्तो राष्ट्रभक्त र निडर एवं निर्णयात्मक क्षमताको धनी नेता गुमाएको परीवेशमा कुशल राजनेताको अभावमा गणतन्त्र नै कतै खतराको मार्गमा लम्किएको त छैन भनी चिन्ता व्यक्त गरेका थिए ।

महासचिव छिरींग राप्के लामाले गिरीजावावु क्रान्तीनायक र शान्तीनायक दुवैमा स्थापित भएको बताएका थिए । उनले देशले अहिले गिरीजावावुले स्थापित गराएको सहमती, सहकार्य र एकताको पथबाट अघि बढ्न नसक्दा गणतन्त्र नै धर्मराएको आफुले महशुस गरेको भन्दै गिरीजावावुको १३ औं स्मृती दिवस फाउण्डेशन अमेरिकाको कार्यालयमा नै कार्यक्रम गरेर सम्झन पाउॅंदा प्रफुल्ल भएको भन्दै उपस्थित सबैलाई धन्यवाद व्यक्त गरेका थिए ।

गिरिजा प्रसाद (जिपी) कोइरालाको जन्म १९८१ साल असार १८ गते भएको थियो। कृष्णप्रसाद कोइरालाका तीन छोराहरु मातृका प्रसाद, विश्वेश्वर प्रसाद र गिरिजा प्रसाद मध्ये उनी कान्छा हुन्। दाजुहरुको प्रेरणाले राजनीतिमा प्रवेश गरेका गिरिजा प्रसाद सानै देखि निडर र हक्की स्वभावका थिए। २०६६ साल चैत ७ गते गिरिजा प्रसाद कोइरालाको निधन भएको हो।

वि.सं.२०७९ चैत ८ बुधवार ०८:४८ मा प्रकाशित

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित...

ग्वाङझाउ घोषणापत्र जारी गर्दै सकियो एनआरएनएको ‘आरोहण २०२६’ सम्मेलन

ग्वाङझाउ घोषणापत्र जारी गर्दै सकियो एनआरएनएको ‘आरोहण २०२६’ सम्मेलन

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ एसिया प्यासिफिक...

हाइलाइफका नेपाली उत्पादनको टोकियोमा औपचारिक शुभारम्भ

हाइलाइफका नेपाली उत्पादनको टोकियोमा औपचारिक शुभारम्भ

नेपालमा उत्पादित हाइलाइफ फूड्सका विभिन्न खाद्य उत्पादन जापानको बजारमा औपचारिक...

जनसम्पर्क समिति अमेरिकाले १२ वर्षपछि पायो नयाँ नेतृत्व, सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी

जनसम्पर्क समिति अमेरिकाले १२ वर्षपछि पायो नयाँ नेतृत्व, सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी

अमेरिका । नेपाली कांग्रेसको प्रवासस्थित संगठन नेपाली जनसम्पर्क समिति अमेरिकाको...

नेजस क्यानाडाको एकता अधिवेशन आयोजना गर्ने निर्णय

नेजस क्यानाडाको एकता अधिवेशन आयोजना गर्ने निर्णय

क्यानाडा । नेपाली काँग्रेसको प्रवासस्थित भातृ संंगठन नेपाली जनसम्पर्क समिति...