back
CTIZAN AD

गजल

वि.सं.२०७९ चैत ११ शनिवार

963 

shares

सीता शर्मा, सिक्किम, भारत

नयनवाण हानी लजाएर बस्छ्यौ
अहो प्राण प्यारी सताएर बस्छ्यौ

म तिम्रै छु सामू, नबोलेर केही
चुरा हातका ती बजाएर बस्छ्यौ

नखोलेर मनका सबै भाव तिम्रा
यही गीतमा गुनगुनाएर बस्छ्यौ

म पागल बनी प्रेममा डुब्न थालें
तिमी ब्यर्थ यो मन् जलाएर बस्छ्यौ

धपक्कै बलेको सुनौलो छ रूप
बनी चन्द्र दिलमा उदाएर बस्छ्यौ

बहर : मुतकारिब मुसम्मन सालिम
अर्कान : १२२ १२२ १२२ १२२

वि.सं.२०७९ चैत ११ शनिवार ०९:१४ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...