back
CTIZAN AD

पाँच मुक्तक

वि.सं.२०७९ चैत ११ शनिवार

936 

shares

पवन कुमार बुढाथोकी, काठमाडौं


धेरै नेपाली आजकल भबिस्य खोज्न बिदेशनै जान्छन्
थाहा छैन सुखसँग त्यहा बस्छन् या हण्डर खान्छन्
जहाँ गए पनि भाग्य पनि संगै जान्छ भनेझै हुने हो कि
के स्वदेशमा जस्तै पीडा नभै सुखको स्वास नि तान्छन् ?


देखिदैछ है बेइमानहरुको मात्र चुरिफुरी
ज्यान बन्धकी राखी ल्याँउछन् अब हुरी
अति सर्व बज्रयत, थाहा छ कि छैन
आन्दोलनमा होम्मिदा फुटछ तिम्रो चुरी ।


सबै जान्ने सुन्नेलाई चाहिएको रहेछ यहाँ पद
पछौटे देशमा यो नभए केहि गरि बढ्दैन कद
प्रणाली बिनाको छिनाझम्टी र लुछाचुँडी मात्र
अति भयो है, कुनै कुराको नाघ्नु हुन्न है हद !


के को बिकास गर्थे र बुझाउनु पर्ने रै’छ सबैले नै लेवि
जनताको भन्दा पनि पार्टीकै पो दबाव हुँदो रै’छ हेभि
चुनावमा गरेको नमस्कार जितेपछि फिर्ता लिने त हुन्
चुनावमा मात्र भन्देका हुन मत हाल्नेलाइ देउता र देवी ।


परेको छैन मलाई हुन चाहीँ तिम्रो नै पोई
मैले मागेके कुरा तिमिले पो दिएको खोई
मुखले मात्र चेपारो घसेर काम चल्छ र अब
म होइन अरूको दुःखमा आँसु बगाउने गोही !

वि.सं.२०७९ चैत ११ शनिवार ०९:११ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...