back

पाँच मुक्तक

वि.सं.२०७९ चैत ११ शनिवार

327 

shares
RBB AD
NTC AD

पवन कुमार बुढाथोकी, काठमाडौं


धेरै नेपाली आजकल भबिस्य खोज्न बिदेशनै जान्छन्
थाहा छैन सुखसँग त्यहा बस्छन् या हण्डर खान्छन्
जहाँ गए पनि भाग्य पनि संगै जान्छ भनेझै हुने हो कि
के स्वदेशमा जस्तै पीडा नभै सुखको स्वास नि तान्छन् ?


देखिदैछ है बेइमानहरुको मात्र चुरिफुरी
ज्यान बन्धकी राखी ल्याँउछन् अब हुरी
अति सर्व बज्रयत, थाहा छ कि छैन
आन्दोलनमा होम्मिदा फुटछ तिम्रो चुरी ।


सबै जान्ने सुन्नेलाई चाहिएको रहेछ यहाँ पद
पछौटे देशमा यो नभए केहि गरि बढ्दैन कद
प्रणाली बिनाको छिनाझम्टी र लुछाचुँडी मात्र
अति भयो है, कुनै कुराको नाघ्नु हुन्न है हद !


के को बिकास गर्थे र बुझाउनु पर्ने रै’छ सबैले नै लेवि
जनताको भन्दा पनि पार्टीकै पो दबाव हुँदो रै’छ हेभि
चुनावमा गरेको नमस्कार जितेपछि फिर्ता लिने त हुन्
चुनावमा मात्र भन्देका हुन मत हाल्नेलाइ देउता र देवी ।


परेको छैन मलाई हुन चाहीँ तिम्रो नै पोई
मैले मागेके कुरा तिमिले पो दिएको खोई
मुखले मात्र चेपारो घसेर काम चल्छ र अब
म होइन अरूको दुःखमा आँसु बगाउने गोही !

वि.सं.२०७९ चैत ११ शनिवार ०९:११ मा प्रकाशित

NLIC AD
NABIL bank AD
रवीन्द्रको ‘पैसाको उडान’ बजारमा

रवीन्द्रको ‘पैसाको उडान’ बजारमा

काठमाडौंँ । साहित्यकार रवीन्द्र समीरको उपन्यास ‘पैसाको उडान’ प्रकाशनमा आएको...

कविता : निखार काव्य ए कवि

कविता : निखार काव्य ए कवि

स्वर्ण शिखा, दाङ नवीन यामको अहो सुरम्य बिम्ब देखियो, नवीन...

कविता : शब्द दुरुपयोग

कविता : शब्द दुरुपयोग

निम्बतरु,अर्घाखाँची कालेलाई काले भन्न मिल्दैन सेतेलाई सेते भन्न मिल्दैन नेप्टे...

कविता : आत्मबोध

कविता : आत्मबोध

शान्ता न्यौपाने, बेलबारी, मोेरङ सधैं तिमी मर्छुमर्छु भन्छौ तर तिमीलाई...

गजल

गजल

सुधिर थापा,काठमाडौं तिमी मेरो राजा भएँ रानी तिम्रो मीठो माया...

मुक्तक

मुक्तक

अरुण खड्का,काठमाडौं १ फुलुन् टन्न नयाँ नयाँ फूल नयाँ वर्षमा...