back
CTIZAN AD

लघुकथा :चोर

वि.सं.२०७९ चैत ११ शनिवार

744 

shares

वसन्त अनुभव, दाङ्ग

‘चोर आयो । चोर चोर ।’ बाहिरबाट चर्को आवाज आयो ।
‘खै चोर ? कहाँ छ ?’ म अतालिँदै बाहिर निस्किएँ ।

‘चोर पनि कुरेर बस्छ त हजुर ? भाग्यो नि उतातिर ।’ अपरिचित व्यक्तिले मलाई हेर्दै बोल्यो ।

‘पकड्नु पर्दैन् । अनि तपाईं को हो ? मैले त चिन्न सकिनँ नि ।’ मैले जिज्ञासा राखेँ ।

‘खासमा म तपाईलाई भेट्न आएको । म झुल्के गाउँको …. ।’ उसले आफ्नो परिचय दिदै थियो । उसलाई बिचैमा रोकेर आत्तिँदै मैले भने,– ‘ठिक छ, ठिक छ । तपाई बस्दै गर्नुहोस् । म चोर समात्न जान्छु, आएर गफ गरौँला ।’

चोरको खोजीमा दौडेर हारथाक म, चोर नभेटेपछि घरमा फर्किएँ । घरमा उक्त अपरिचित व्यक्ति थिएन, साथमा घरका बहुमूल्य बस्तु पनि । भुइँमा पट्टाइएको कागज देखेँ । उठाएर पढ्दा स्तब्ध भएँ । जसमा लेखिएको थियो, “अरे मूर्ख, चोरलाई घर जिम्मा लगाएर कहाँ हिँडेको ?’

 

वि.सं.२०७९ चैत ११ शनिवार ०९:१५ मा प्रकाशित

चारु

चारु

भगवती दवाडी, झापा मनभित्र उज्यालो रोप नपाल अब डर सत्यको...

सुसेली

सुसेली

अमृता रामदाम, भरतपुर २, चितवन समय घाती आयु पनि नपुग्दै...

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कनकधारा स्वामी स्वदेशानन्द गुवाहाटी,असम ढाँटेकै मात्र पत्यायो मेरो जाति समाजले,...

असार १५ विशेष झिल्का कविता

असार १५ विशेष झिल्का कविता

ईश्वर साउँद(भिक्षु) रामाराेशन गापा ६ अछाम सदूरपश्चिम प्रदेश १ असारै...

कविता : पीडाका अगुल्टाहरू

कविता : पीडाका अगुल्टाहरू

भुवन शिवाकोटी “चौघरे”, काठमाडौँ बन्दुक बोकाएर लगेका मेरा बा फर्किएनन्...

गजल

गजल

अनुराग अरुण, लुभु , ललितपुर तिमी याद आयौ भने के...