back
CTIZAN AD

लघुकथा :चोर

वि.सं.२०७९ चैत ११ शनिवार

759 

shares

वसन्त अनुभव, दाङ्ग

‘चोर आयो । चोर चोर ।’ बाहिरबाट चर्को आवाज आयो ।
‘खै चोर ? कहाँ छ ?’ म अतालिँदै बाहिर निस्किएँ ।

‘चोर पनि कुरेर बस्छ त हजुर ? भाग्यो नि उतातिर ।’ अपरिचित व्यक्तिले मलाई हेर्दै बोल्यो ।

‘पकड्नु पर्दैन् । अनि तपाईं को हो ? मैले त चिन्न सकिनँ नि ।’ मैले जिज्ञासा राखेँ ।

‘खासमा म तपाईलाई भेट्न आएको । म झुल्के गाउँको …. ।’ उसले आफ्नो परिचय दिदै थियो । उसलाई बिचैमा रोकेर आत्तिँदै मैले भने,– ‘ठिक छ, ठिक छ । तपाई बस्दै गर्नुहोस् । म चोर समात्न जान्छु, आएर गफ गरौँला ।’

चोरको खोजीमा दौडेर हारथाक म, चोर नभेटेपछि घरमा फर्किएँ । घरमा उक्त अपरिचित व्यक्ति थिएन, साथमा घरका बहुमूल्य बस्तु पनि । भुइँमा पट्टाइएको कागज देखेँ । उठाएर पढ्दा स्तब्ध भएँ । जसमा लेखिएको थियो, “अरे मूर्ख, चोरलाई घर जिम्मा लगाएर कहाँ हिँडेको ?’

 

वि.सं.२०७९ चैत ११ शनिवार ०९:१५ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...