back
CTIZAN AD

छन्द कविता : के गरें खोइ मैले ?

वि.सं.२०७९ चैत ११ शनिवार

2.3K 

shares

मुकुन्दशरण उपाध्याय, हेम्जा, कास्की

आफ्नै डाँडा चउर वन को दृश्य देखेंं कि मैले
आफ्नै चोखो परिचय दिने काव्य लेखें कि मैले
आफ्नै भाई बहिनीहरुको दुःख छेकें कि मैले
व्यर्थै कैयौं दिन जिइसकें के गरें खोइ मैले ?

अग्ला अग्ला तुहिन गिरि छन् चढ्न उत्साह छैन
सग्ला सग्ला अमर कृति छन् पढ्न उत्साह छैन
आएको हूँ किन धरति मा ? यो कुरै थाह छैन
‘मान्छे बन्नै सकिनँ’ यसको कत्ति पर्वाह छैन

लामा लामा फजुल गफमा दिन्भरी भुल्न सक्छू
आवारा झैं पसल, पथमा त्यत्तिकै डुल्न सक्छू
व्यर्थै जाने समय छ भने जे पनि, गर्न सक्छू
राम्रो गर्ने अवसर हुँदा फुर्सदै छैन भन्छू

आँफै आँटी प्रगति पथमा लाग्नु कहाँ छ कहाँ
लाग्ने साथीहरु सित मिठो बोल्नु कहाँ छ कहाँ
उल्टै राम्रा कदम हरु मा दोष पैल्याउँदै छू
आँफै आफ्नो धवल महिमालाइ मैल्याउँदै छू

गर्नै पर्ने नियम कति छन् ती अफाली रहेछू
त्याग्नै पर्ने कुलत कति छन् ती अँगाली रहेछू
फालेको छू कति कति कठै ! जिन्दगीका जुहार
माग्ने होला कसरि अरु थ्यैँ भोलि मैले गुहार ?

चाहन्थें ता कति अपठमा ज्ञानको ज्योति खुल्थ्यो
कस्सिन्थें ता कति परतिमा धानको खेति झुल्थ्यो
खुल्थे कस्ता नव नव महान् चेतनाका मुहान !
बन्थ्यो कस्तो युग युग भरी जिन्दगी यो महान !

छन्द : मन्दाक्रान्ता

 

वि.सं.२०७९ चैत ११ शनिवार ०९:२६ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...